जब गोरुले गुडिरहेको कारमा हमला गर्यो…

काठमाडौं । राति ११ बजे गुडिरहेको कारमा गोरुले हमला गर्दा ५ जनाको मृत्यु भएको छ ।

भारतको टोहना, रतिया सडकमा गुडिरहेको कारमाथी गोरुले ठक्कर दिँदा कारको सन्तुलन बिग्रिएर सडक छेउमा भएको रुखमा ठोक्किएर दुर्घटना भएको हो । उक्त घटना ठक्कर दिने गोरुको पनि मृत्यु भएको छ । 

जमलापुर गाँउका ७ जना युवा फिल्म हेरेर फर्किदै गर्दा उक्त घटना भएको थियो । दुर्घटना लगत्तै स्थानियले पुलिसलार्इ खबर गरी उद्धार गरेका थिए । 

७ जना मध्ये ५ जनालाइ अस्पतालले मृत घोषित गरेको थियो भने, कार चालक र अर्का एक व्यक्तिलाइ सामान्य उपचार पश्चात थप उपचारका लागी नजिकैको अर्को अस्पताल पठाइएको थियो ।


Back_to_top