मापसे कारर्वाही अझै कडा, अब जेल जानुपर्ने !

काठमाडौं । मापसे गरेर सवारी चलाउने चालकलाई समातेर थुन्ने नियम महानगरीय ट्राफिक प्रहरी महाशाखाले बनाएको छ । शुक्रबारबाट लागु भएको नयाँ नियम अनुसार अब मापसे गरेका सवारी चालकले जाँचका क्रममा लाइसेन्स प्रस्तुत गर्न नसके एक रात हिरासतमा बस्नुपर्नेछ ।

यद्यपि, ती चालकले परिवारको सदस्यलाई बोलाए सोही रात उनलाई परिवारको जिम्मामा छाडिने महाशाखाले जनाएको छ ।

यसअघि मापसे गरेर सवारी चलाउनेहरुका लागि २५ सयसम्म जरिवाना, लाइसेन्समा एउटा प्वाल र ट्राफिक शिक्षा सम्बनधी कक्षा लिनुपर्ने थियो ।

मापसे जाँचबाट जोगिन भाग्ने, लाइसेन्स नभएको बाहाना गरी बिलबुकमात्र देखाउने र पछि अर्कै ब्यक्ति आएर लाने जस्ता प्रवृति बढेकाले कडा कारवाही अपनाएको महाशाखाले जनाएको छ । 

यसरी छाडिँदा भोलि बिहान आठ बजेभित्र सम्बन्धित ट्राफिक कार्यालयमा उपस्थित हुने गरी कागज गराइनेछ ।त्यसपछि उनलाई बग्गी खानामा लगेर कक्षा लिन लगाई जरिवाना तिराएर छाडिनेछ ।


Back_to_top