काठमाडौं । ‘टल ह्याच डिजान’मा निर्माण गरिएको कारलाई भारतीय बजारमा सार्वजनिकसँगै २० वर्ष अगाडि प्रवेश गरेको कोरियाली कार निर्माता कम्पनी हुन्डाई अहिले भारतको दोस्रो ठूलो र शक्तिशाली अटो निर्माता कम्पनीको रुपमा स्थापित भएको छ ।
भारतीय अटो बजारमा टल ह्याच डिजाईनका मोडल सार्वजनिक गर्दैआएको कम्पनीले भारतीय अटोमोवाइलमा आफूलाई अगाडि राख्न विभिन्न मोडलका कारहरू ल्याउँदैआएको छ ।
कम्पनीले केही समय अगाडि आई–१० को उत्पादन बन्द गरेसँगै सेन्ट्रो आउने हल्ला सुरु भएको थियो । पछिल्लो समय भारतमा रेनो क्वीडले इन्ट्री लेवल कारमा हुन्डाईको ईओनलाई पछि पारेको छ ।
हुन्डाईले बलियो पकड बनाउन प्रयास गरिरहेको बजारमा क्वीडको प्रवेशसँगै हुन्डाईले मारुती अल्टोसमेतलाई कडा टक्कर दिने गरी नयाँ सेन्ट्रो सार्वजनिक गर्ने तयारी गरेको छ ।
नयाँ उत्पादन र नयाँ स्वरुपमा आउन लागेको सेन्ट्रोबारे ग्राहकको प्रतिक्रिया जान्न कम्पनीले विस्तारै बजारमा यसको बारेमा सूचना लिक गर्ने कामको सुरुवात गरेको छ ।

सन् २०२० को अन्त्यसम्ममा १० लाख युनिट्स सेन्ट्रो कार बिक्री गर्ने लक्ष्य लिएको हुन्डाईले यो नयाँ कारलाई ‘ट्रेन्ड सेटर’ को रुपमा लिएको छ ।
दक्षिण कोरियाको अटोमेकर कम्पनीहरूले सन् २०१५/०१६ को तुलनामा गतवर्ष १५ प्रतिशतले कारको बिक्रीदर बढाएका थिए । साथै, उनीहरूले क्रेटा, ग्रान्ड आई–१० तथा इलाइट आई–२० जस्ता मोडलको बिक्री बढाउन सफल भएका थिए ।
हुन्डाई सेन्ट्रोबारे जान्नैपर्ने कुरा
हुन्डाईले २०१८ को अन्त्यसम्ममा सेन्ट्रो कारलाई आधिकारीकरुपमा सार्वजनिक गर्ने योजना बनाएको छ । कम्पनीले सन् २०२० सम्ममा १० लाख युनिट्स सेन्ट्रो कार बिक्री गर्ने योजना बनाएको छ ।
सेन्ट्रो कारले भारतीय बजारमा मारुती सुजुकी जेन र अल्टोसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । भारतको अटो उद्योगले २०२० सम्ममा ५० लाख कार बिक्री गरिसक्ने लक्ष्य लिएको छ । जसमा हुन्डाई सेन्ट्रोले महत्वपूर्ण स्थान ओगट्ने आँकलन गर्न थालिएको छ ।
स्तरीय इञ्जिन, बनावट तथा इन्टेरियर स्पेश जस्ता विशेषता रहेको सेन्ट्रोको डिजाईन र उत्पादन आरएनडी सेन्टर हैदराबादमा भएको हो । कम्पनीले गतवर्षको सेप्टेम्बरबाट २०२० सम्ममा झन्डै ५० अर्ब भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ ।
नयाँ विशेषतासहित निर्माण भएको सेन्ट्रोमा नेम प्लेट, एक्स्लूसिभ लुक्स, एसयूभी ४ मिटर कम्प्याक्स क्यारोलिनो डिजाइनको साथ बजारमा आउनेछ ।
इन्धन, स्पेश र पर्फर्मेन्स इञ्जिन
हुन्डाई सेन्ट्रोमा १.१ लिटर आईआरडीई र १.२ लिटर कप्पा पेट्रोल इञ्जिन दिइएको छ । इञ्जिनमा ५ स्पीड म्यानूअल गियरबक्स लगाइएको छ । प्राथमिक प्रतिस्पर्धीबाहेक पनि सेन्ट्रोले टाटा टियागो, डाटसन रेडियो, मारुती वागनआरजस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । कम्पनीले यस कारलाई अटोमेटिक गियर बक्समा समेत ल्याउनेछ ।
बिक्री मूल्य
भारतीय बजारमा हुन्डाईको सेन्ट्रोको बिक्री मूल्य ३ लाख ५० हजारदेखि ६ लाखसम्म रहने अनुमान गरिएको छ ।
एक्सटेरियर डिजाईन

२०१८ हुन्डाई सेन्ट्रोको एक्सटेरियरमा फ्रन्ट, रियर र दुबै साईडमा प्रोटोकप लगाइएको छ । यसको आकार इयोनकोभन्दा केही ठूलो छ भने, डायमेन्सन बनावट ग्रान्ड आई–१० सँग मिल्दोजुल्दो देखिन्छ । यसमा रुफ इन्टरग्रेटेड स्पोइलर राखिएको छ ।
इन्टेरियर विशेषता
नयाँ पुस्तालाई आकर्षित गर्ने उद्देश्यसहित हुन्डाईले सेन्ट्रोको इन्टेरियरमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल फ्रन्ट एयरब्यागका साथै डलब टोन कलरको विशेषता दिएको छ ।

