भिटारा ब्रेजा अब पेट्रोल इन्जिन र अटोमेटिक गियर दुबैमा आउने

मारुती सुजुकीको कम्प्याक्ट एसयूभी भिटारा बे्रजा २०१६ मा सार्वजनिक भएको थियो । भारतीय बजारमा सर्वाधिक बिक्री भइरहेको यो एसयूभीलाई मारुती सुजुकीले अटोमेटिक भेरियन्टमा सार्वजनिक गर्ने तयारी तिब्र बनाएको छ । 

नयाँ ब्रेजामा पेट्रोल इञ्जिनसँगै अटोमेटीक गियरबक्स, कारको एक्स्टियर र इन्टेरियरमा केही परिमार्जन गरिने छ ।

मारुतीले सेन्ट्रल भेकल्स रेगुलेशनलाई पालना गर्दै भिटारा ब्रेजा लाइनअपमा परिवर्तन गर्न लागिएको मारुती सुजुकीले जनाएको छ । भिटारा ब्रेजामा एएमटी गियरबक्स अप्सनअन्र्तगत जेडडीआई प्लस, जेडडीआई र भीडीआई भ्यारियन्टमा परिवर्तन गरिनेछ । गियरबक्सको संस्करणमा गरिएको परिवर्तनका कारण भारतमा ५० हजार रुपैयाँ अतिरिक्त मूल्य थप हुने जनाइएको छ । 

ब्रेजा एएमटी सबैभन्दा सस्तो डिजेल कम्प्याक्ट एसयूभीअन्तर्गत परेको छ । मारुतीले ब्राइट सेरुलेन ब्लू कलर अप्सनसमेत हटाएको छ भने, ओरेन्ज ब्लींग कलरसँगै साईनी न्यू ब्ल्याक अलोय ह्वील थप गरेको छ । सुरक्षा अप्सनअन्तर्गत सेफ्टी फ्रन्ट, डबल एयरब्याग, एबीएसँगै ईबीडी र रियर पार्किङ सेन्सर लगाएको छ । 

२०१९को अन्त्यतिर भारतीय बजारमा सार्वजनि हुने अनुमान गरिएको छ ।


Back_to_top