अब मुग्लिन–नारायणगढ सडकको ट्राफिक अबस्था मोवाइलबाट थाहापाउन सकिने

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमाको ट्राफिक अबस्था अब तपाईले आफ्नो मोवाइलमा नै पाउनु हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सेवाको सुरुवात गरेको हो ।  

पटक–पटक पहिरो खसी सडक अवरोध हुनाले गन्तब्यमा पुग्न हिडेका मानिस घन्टौं जाममा बस्नु पर्ने अबस्था सृजना भएको थियो । 

अब बाटोको अबस्था बारे प्रयोगकर्ता आफैले एउटा एसएमएस गरेर थाहा पाउनसक्ने ब्यवस्था मिलाइएको जानकारी आयोजनाले दिएको छ । 

आम सर्वसाधारणले मोबाईलबाटै हेर्न मिल्ने गरी नारायणगढदेखी मौवा खोलासम्मको ताजा अपडेट मोवाइल फोनमा उपलब्ध हुने जनाइएको छ । 

यसका लागि मोबाईलको म्यासेज बक्समा गएर nmt टाइप गरेर 34848 मा पठाउनु पर्ने छ । 


Back_to_top