काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पम्फा भुसालले तराई–मधेश जोड्ने द्रुत मार्ग बनाउँदा ललितपुरको बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग गरेकी छिन्।
उनले धान रोप्ने समयमा बुङमतीवासी आतंकित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
सांसद राजेन्द्र केसीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा यसको असर सबैतर्फ परेको बताउँदै सरकारले निषेधित क्षेत्र घोषणा गरी लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाए ।
सांसद नवराज सिलवालले काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त शहर बनाउन सरकारले विशेष कार्ययोजना ल्याउनु पर्ने माग गरेका थिए ।

