काठमाडौं । काठमाडौं उपत्यकाको सडक, धुलो, ट्राफिक र पोलुसनलाई लिएर भारतीय नायिका जुही चावलाले एउटा टुईट गरेकी छिन् ।
उनको टुईटले एक बर्ष अगाडि उपत्यकालाई १०० दिनमा धुलोमुक्त बनाउने मेयर विद्यासुन्दर शाक्यको भनाइलाई गिज्जाई रहेको भान हुन्छ ।
उनले त नेपालको सडकको बिषयमा मात्र लेखेकी छिन् तर, विद्यासुन्दरको प्रतिवद्धता पत्याउने हामीलाई भने उनको टुईटले गिज्जाएको छ ।
टुईटरमा करिब ४२ लाख फलोअर रहेकी चावलाको टुईटले हाम्रो पूर्वाधारलाई भारतीय बीचमा उदाङ्गो बनाएको छ ।
सन् १९८४ की मीस इन्डीया तथा चर्चीत नायिका जुही चावलाले हालै नेपालको भ्रमण गरेकी छन् । नेपालमा रहँदा बौद्ध, भक्तपूर दरवार स्क्वायर तथा धुलिखेलका रमणिय दृष्यहरुको फोटो तथा भिडियो टुईट गरेकी उनले जाँदा जादै काठमाण्डौ उपत्यकाको प्रदूषणको बारेमा पनि टुईटमार्फत कम्प्लेन गरेकी छन् ।
उनले गरेको टुईटमा सडक छेउमा उभिएर कार पर्खि रहेका उनि र उनका साथीले रुमाल, सल तथा पेपरले मूख ढाकिरहेको फोटो पोस्ट गरेकी छिन् ।
उनले यहाँको धुलो, अब्यवस्थीत ट्राफिक तथा हावामा डिजेल पेट्रोलको गन्धले सारै गारो भएको समेत लेखेकी छिन् ।
अझ उनले टुईटमा काठमाडौंका स्थानीयले दिनदिनै हिडडुल गर्नको लागि धुँवा र धुलोबाट जोगिन सर्जिकल मास्क लगाउने गरेको पनि बताएकी छन् ।
नेपाल पर्यटन बोर्डले २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने कार्यक्रम अगाडि सारेको छ । यसको नारा ‘लाईफ टाईमा एक्सपिरीयन्स’ भनिएको छ । विश्वबाट २० लाख पर्यटक भित्राउने लक्ष्य राखेर आयोजना गर्न लागिएको यस कार्यक्रम काठमाडौंको धुवा, धुलो र हिलोका बिच कसरी सम्भव होला ।
यस्तो खाले एक्सपिरीयन्सले नेपालको पर्यटन उद्योग कता पूग्ला ? यसको दोषी को हो ? अहिले हाम्रा अगाडि यस्ता प्रश्न तेस्रिएका छन् ।