काठमाडौं । चारपांग्रे विद्युतीय सवारी सन् २००७ मा रेभा नेपाल आएको थियो । यो नै नेपाली बजारमा आएको पहिलो इलेक्ट्रीक कार थियो । तर, नेपाली बजारमा रेभाले खासै ब्यवसाय गर्न सकेन तर, नेपाललाई विद्युतीय सवारी साधनको बिषयमा सोच्न बाध्य बनायो ।
महिन्द्रा ‘इटुओ प्लस’
अहिले नेपाली बजारमा महिन्द्राको ‘इटुओ प्लस’ विक्री वितरण भइरहेको छ । कम्पनीले यो कार नेपालमा २८ लाख रुपैयाँमा बिक्री गरिरहेको छ ।
रातो, निलो र सिल्भर ३ कलर भेरियन्टमा उपलब्ध यो कार निकै ठुला उकालोमा समेत राम्रोसँग चल्न सक्छ ।
याे पनि पढ्नुस्ः इलेक्ट्रीक कारमा १ लाख किलोमिटर यात्रा गरेका रञ्जन भन्छन्ः ७ गुणा पैसा बचायो (भिडियोसहित)
यसमा प्रयोग भएको लिथियम–आयन ब्याट्री ५ देखि ६ घण्टामा फूल चार्ज हुने र फूल चार्ज भएपछि १४० किलोमिटरसम्म चल्ने कम्पनीले जनाएको छ ।
यसमा एयर ब्याग लगाएतको सेफ्टी फिर्चस छन् भने अधिकतम शक्ति ४१ बिएचपीमा ३५०० आरएमपी र अधितम टर्क ९१ एनएममा २५०० आएमपी उत्पन्न गर्छ ।
‘ ‘बीवाइडी इ सिक्स’
सन् २०१५ मा संसारमा सबैभन्दा बढी विद्युतीय सवारी साधान बिक्री गर्न सफल चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीलेको बिक्री गत वर्षदेखि नेपालमा पनि भइरहेको छ । सिमेक्स प्रालिले नेपालमा उक्त गाडी बिक्री सुरु गरेको हो ।
कम्पनीले नेपालमा ‘बीवाइडी इ सिक्स’ कार बिक्री गरिरहेको छ । एक पटक चार्ज गरेपछि चार सय किलोमिटर ड्राइभिङ गर्न मिल्ने यो कारको अधिकतम गति प्रतिघण्टा एक सय ४० किलोमिटर रहने छ । यो गडीको मूल्य ६६ लाख रुपैयाँ रहेको छ । भने ३०० किलोमिटर गुड्नेको ५० लाख रुपैयाँ पर्ने छ ।
यसमा रहेको इन्जन ८० किलोवाट आइरन फोस्फेट ब्याट्री रहेको छ भने, यसले अधिकतम पावर ९० किलोवाट र टर्क ४५० एनएम उत्पादन गर्छ ।
किया ‘सोल इभी’
कोरियाली अटो कम्पनी कियाको विद्युतीय कार ‘सोल इभी’ नेपालमा बिक्री वितरण हुँदै आएको छ । उच्च प्रविधि जडान भएको सोल इभीको ब्याट्री शक्तिशाली रहेको र एक पटक फुल चार्जमा १ सय ८० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ ।
याे पनि पढ्नुस्ः अहिलेनै हो नेपालमा इलेक्ट्रीक कार किन्ने सहि समय, यस्ता छन् ९ फाइदा
कारमा लिथियम आयान पोलिमर ब्याट्री छ, जसको पावर ९० किलोवाट छ । धेरै कुद्ने भए पनि यसको व्याट्री चार्ज गर्न चार्ज स्टेसनको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३३ मिनेट, एसी फास्ट चार्जरबाट ४ घण्टा र कार किन्दा ग्राहकलाई दिइने एसिलो चार्जरबाट मौसम अनुसार १५ देखि १८ घण्टा लाग्ने कम्पनीले जनाएको छ ।
यसको ब्याट्रीमा सात वर्षको ग्यारेन्टी दिइएको छ । यात्रु तथा चालकको सुरक्षाका लागि यसमा एयरब्याग समावेस छ । दुई वटा संस्करणमा उपलब्ध यो कारको मूल्य क्रमशः ५६ र ५८ लाख रुपैयाँ छ । यो कारमा गियरको झन्झट हुदैन ।
यी हुन् क्रममा रहेका इलेक्ट्रीक कार
बिस्तारै इलेक्ट्रीक कारमा सबैको चासो बढ्न थालेको छ । नेपालमा तीनबटा कम्पनीको उत्पादन बिक्री वितरण भइरहेको समयमा अन्य कम्पनीहरुपनि इलेक्ट्रीक कार ल्याउने प्रक्रियामा रहेका छन् ।
होन्डाई कोना
हुन्डाई मोटरको लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले हुन्डाई कोना इलेक्ट्रीक नेपाल ल्याउने तयारी गरिरहेको बुझिएको छ ।
दक्षिण एसियाली बजारमा आउने कोना इलेक्ट्रीकले एकपटकको फुलचार्जमा ३०० किलोमिटर माइलेज दिनेछ । त्यसको लागि यसमा ३९.२ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ ।
यसमा दिइएको इलेक्ट्रीक मोटरले १३४ एचपीपावर र ३९५ एनएम टर्क उत्पादन गर्छ भने, यो कारले ९.७ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको रफ्तार पकड्न सक्छ । यो कारको टप स्पीड १५५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
कोना इलेक्ट्रीकमा लिथियमआयन ब्याट्रीको प्रयोग गरिएको छ । यसलाई ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसमा १०० किलोवाटको चार्जर प्रयोग गरिएको छ । साथै, स्ट्याण्र्डर्ड एसी चार्जबाट रिचार्ज गर्ने हो भने ६ घन्टा समय लाग्नेछ । यसको नेपाली बजारमा मूल्य ४५ लाख हाराहारीमा पर्ने अनुमान गर्न सकिन्छ ।
निसान लिफ
निसान लिफ युरोपियन बजारमा २ लाख ५० हजार युनिट बिक्री भइसकेको कार हो । यस कारमा ४० किलोवाटको लिथिएम आयन ब्याट्रीको प्रयोग गरिएको छ । यसमा दिइएको इलेक्ट्रीक मोटरले १४७ एचपी र ३२० एनएम टर्क उत्पादन गर्छ ।
निशान इपीएले यस कारले एक पटकको फुलचार्जमा २३५ देखि २४२ किलोमिटर माइलेज दिने जनाए पनि निसान युरोपले ३७८ किलोमिटर माइलेज दिने जनाएको छ ।
यसमा दिइएको ३ किलोवाट ब्याट्री चार्ज गर्न १६ घन्टा लाग्ने छ भने ६ किलोवाटको लागि ८ घन्टा लाग्ने छ । यसको क्विक चार्जिङ प्लगइनको प्रयोगबाट ४० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीले दाबी गरेको छ । यसको मूल्य नेपाली बजारमा आउँदा ८० लाख हाराहारीमा पर्ने छ ।
टाटा टिगोर इभी
टाटा मोर्टसले पछिल्लो दिन सबैभन्दा प्राथमिकतामा रखेर उत्पादन सुरु गर्न लागेको कार हो टाटा टिगोर इभी । यसलाई २०१९ को सुरुवातमा नै बजारमा पठाउने अनुमान गरिएको छ । तर, यसमा के कस्ता फिचर छन् र मूल्य कति पर्छ भन्ने केही खुलाईएको छैन । कम्पनीले यसको कन्सेप्ट दिल्ली अटो शोमा सार्वजनिक गरेको थियो । यसको अनुमानित मूल्य ३० लाख रुपैयाँ हुनेछ ।
उल्लेखीत कारका अलावा मारुति सुजुकी, फाेर्डलगायतका ब्रान्डलेपनि इलेक्ट्रीक भेइकल उत्पादनको लागि काम गरिरहेको जनाएका छन् ।