काठमाडौं । रिडारा आरडी सिक्स इलेक्ट्रीक पिकअप ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै किन्न पाइने भएको छ ।
नेपालका लागि रिडाराको आधिकारिक बिक्रेता सीजी मोटर्सले जिलीको अटो ग्रुपसँगको सहकार्यमा यस्तो अफर ल्याएको हो ।
यस अफर अन्तर्गत ग्राहकले ९ लाख ९९ हजार रुपैयाँ मात्रै डाउन पेमेन्ट गरेर रिडार आरडी सिक्स घर लैजान सक्नेछन् ।
साथै, ग्राहकले आकर्षक अफर, निःशुल्क एसेसोरी र ३ लाख रुपैयाँसम्मको एक्सचेन्ज टपअप पाउने कम्पनीले जनाएको छ ।
यस अफर मार्फत विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो र सुविधा सम्पन्न बनाइएको सीजी मोटर्सले जनाएको छ ।
रिडारा आरडी सिक्स टू ह्वील ड्राइभमा २०० किलोवाट आवर क्षमताको इलेक्ट्रीक मोटर छ । यसले ३८५ न्युटन मिटर टर्क जेनेरेट गर्छ ।

रिडारा आरडी सिक्समा रहेको ६३ किलोवाट आवर क्षमताको ब्याट्रील एकपटकको फुलचार्जमा ३७७ किलोमिटर रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।
जिलीको म्याप प्लेटफर्ममा आधारित यो पिकअपमा इन्डिपेन्डेन्ट सस्पेन्सन जडान गरिएको छ । यसले सडकमा आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ ।
यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र भीटूएल प्रविधि जडान गरिएको छ । साथै, कम्पफर्ट, इकोनोमी, अफ रेड जस्ता ३ ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट उपलब्ध छ । रिडारा ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टीलले बनेको छ ।
सीजी मोटर्सको देशभर २६०ं चार्जिङ स्टेसन र २०ं सेवा केन्द्र संचालनमा छन् ।

