काठमाडौं । रोयल इन्फिल्ड क्लासिक ३५० नेपाली बजारमा निक्कै रुचाईएको क्रुजर मोटरसाइकलमा पर्छ । कम्पनीको ग्रोथमा निक्कै सहयोग पुर्याएको यो मोटरसाइकलले नेपालमा निकै राम्रो बजार पाइरहेको छ ।
रोयल इन्फिल्डको नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोबाइल्सले रोयल इन्फिल्डका मोटरसाइकलहरु बिक्री गरिरहेको छ । आकर्षक लुक, डिजाइन तथा फिचरका कारण चर्चामा आएको यो बाइकबारे जान्नै पर्ने केही तथ्य यस्ता छन् ।
इन्जिन
क्लासिक ३५०मा उपलब्ध ३४६ सीसीको इन्जिनले ५ हजार २५० आरपीएममा १९.८ बीएच पावरका साथै ४ हजार आरपीएममा २८ एनएम टर्क उत्पादन गछ्र्र । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स जडान गरिएको छ ।
माइलेज र टप स्पीड क्षमता
१८७ किलोग्रामको यो मोटरसाइकलले प्रतिलिटर ३७ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । यसमा १३.५ लिटर क्षमताको फ्युल ट्यांकी लगाइएको छ । प्रतिघन्टा ११० किलोमिटरको टप स्पीड क्षमता भएको यस मोटरसाइकलमा १३० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
डायमेन्सन
यसको लम्बाई २१६० एमएम, चौडाई ७९० एमएम र उचाई १०९० एमएम रहेको छ । यसमा ८०० एमएम सिट हाइट रहेको छ ।
विशेषता
यसमा डिजिटल टेकोमिटर, स्पिडोमिटर, फ्रन्टमा २८० एमएम र रियरमा २४० एमएमको डिस्क ब्रेक लगाइएको छ । यसको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मनोशक लगाइएको छ । पावरफुल इन्जिन, हेडलाईट क्यासिङ्ग, फ्युल ट्याङ्क, डुअल डिस्क ब्रेक, ओभल टुलबक्स, सिंगल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्ब्री र हेडलाईट क्यापको विशेषता उपलब्ध छ । केही समय अघि कम्पनीले एबीएस फिचर समेत प्रदान गरेको छ ।
मूल्य
नेपाली बजारमा यो बाइक ५ लाख १५ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

