फोटोनको ‘भ्यु सिएस २’ नेपालमा, १०% डाउन पेमेन्ट र २०% उधारोमै किन्न सकिने

काठमाडौं । फोटोनको लागि नेपालको आधिकारिक बितरक एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल प्रालिले टोयोटाको माइक्रो बस हायससँग प्रतिस्पर्धा गर्नेगरि नयाँ माइक्रो भ्यान नेपाल ल्याएको छ । कम्पनीले १६ र १९ सिट क्षमताका माइक्रो बस नेपाल ल्याएको हो ।

आकर्षक सुरक्षा फिचरसहित आएको यो माइक्रोभ्यान काठमाडौं उपत्यकामा बिक्री भइरहेको कम्पनीले जनाएको छ । उपत्यका बाहिरका डिलरबाट अबको केही दिनमा नै बिक्री सुरु गर्ने तयारी कम्पनीले गरेको छ । 

कम्पनीले १६ सिट क्षमताको भ्यु सिएस २ को मूल्य ६४ लाख  र १९ सिट क्षमता भएको मोडलको मूल्य ६७ लाख रुपैयाँ निर्धारण गरेको छ ।  

भ्यु सिएस २मा चालक तथा प्यासेन्जरको सुरक्षाई मध्यनजर गर्दै एबीएस र अगाडि डबल एयरब्यागको विशेषता दिइएको छ । यसमा उपलब्ध इन्जिनले १३० हर्ष पावरका साथै २८० एनएम टर्क उत्पादन गर्छ । 

फुल एसी, फोल्डेबल आरामदायी सिट, इबीडी, हाइ ब्रेक लाइटको विशेषता दिइएको रहेको माइक्रो बसको लम्बाई ५६००, चौडाई २२२५ र उचाई २२८५ एमएम रहेको छ । 

यस भ्यानको टपस्पीड क्षमता प्रतिघन्टा ११० किलोमिटर रहेको  छ । लामो दुरिको यात्रालाई मध्यनजरगर्दै नेपाल ल्याइएको यो भ्यानमा उपलब्ध फिचरका कारण उपभोक्ताको मन जित्ने विस्वास कम्पनीले लिएको छ । 

कम्पनीका अनुसार ग्राहकले सुरुवातमा १० प्रतिशत डाउपेमेन्टमै भ्यान किन्न सक्ने छन् । उधारो सुविधा अन्तर्गत तीन महिनासम्ममा ३० प्रतिशत किस्ता बुझाइ सक्नु पर्नेछ । 

३० प्रतिशत डाउन पेमेन्ट पुर्याएपछि मात्रै ७० प्रतिशत कर्जा बैंकले प्रदान गर्ने छ । हाल, अधिकतम पाँच वर्षका लागि १५ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा कम्पनीले नै उपलब्ध गराउने छ । 

आकर्षक फाइनान्स सुविधा, वारेन्टी तथा ग्यारेन्टीको दाबीसहित भ्यान उपलब्ध गराएको कम्पनीले बुकिङ्ग गरेको २५ दिनभित्र भ्यान ग्राहकलाई प्रदान गर्ने जानकारी दिएको छ ।


Back_to_top