रोयल इन्फिल्ड ‘केएक्स बबर’ ८० वर्ष पुरानो कन्सेप्ट

रोयल इनफिल्डले आफ्नो नयाँ कन्सेप्ट ‘केएक्स बबर’ सार्वजनिक गरेको छ । कम्पनीले इआइसीएमए–२०१८ मा यो बबर बाइक सार्वजनिक गरेको हो । 

कम्पनीले सार्वजनिक गरेको केएक्स बबर बाइकमा अल न्यू ८३८ सीसी भी–ट्वीन मोटर इन्जिन प्रयोग गरेको छ । मिडिया रिपोर्टकाअनुसार, केएक्स बबर कम्पनीको पुरानो मोडल केएक्सको नयाँ सँस्करण हो । केएक्स कन्सेप्ट पहिलोपटक सन् १९३६ मा सार्वजनिक भएको थियो ।

कम्पनीले केएक्स बबरमा लो–स्लङ डिजाइन प्रयोग गरेको छ । यसमा प्रयोग गरिएको भी–ट्वीन इन्जिन केएक्स मोडलमा दिइएको ११४० सीसी भी–ट्वीन इन्जिन जस्तै रहेको छ । 

कम्पनीकाअनुसार, केएक्स बबर बाइक मार्च–२०१७ बाट बनाउन सुरु गरिएको थियो । कम्पनीले यो बाइक फ्युचर फ्ल्यागसिप बबर मोडल बन्ने विश्वास लिएको छ ।  

रोयल इनफिल्डको यो बाइक के प्लेटफर्ममा बनाइएको छ । यस बाइकमा धेरै क्षमताको फ्यूल ट्याँक दिइएको छ जुन, यसअघि ब्रिटिश रेसीङ ग्रिन स्याडोमा दिइएको थियो । 

यस बाइकमा डीआरएलसँगै अल एलइडी हेडल्याम्प दिइएको छ । साथै चप्ड फेन्डर,  सिंगल लेदर र्वाप्ड सिट, फ्रन्टमा ग्रिडर फोर्क तथा रियरमा मोनो–शकले बाइकलाई निकै उत्कृष्ट बनाएको छ । 

रोयल इनफिल्ड कन्सेप्ट केएक्स बबरमा ८३८ सीसी, भी–ट्वीन, ओइल कुलीङ, फ्यूलइन्जेक्टेड इन्जिन दिइएको छ ।  यो इन्जिनलाई युकेमा रोयल इनफिल्ड र पोलारिज मिलेर विकास गरेका हुन् । यसले ९० एचपी पावर उत्पादन गर्छ भने, बाइकमा ६ स्पीड गियरबक्स जडान गरिएको छ । 

बाइकको फ्रन्टमा ट्वीन डिस्क ब्रेक तथा रियरमा सिंगल रोटर राखिएको छ । एन्टीलक ब्रेकिङ सिस्टम (एबीएस) सहित आएको यो बाइकमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सिंगल साइडेड स्विङ्आर्म, अलोए ह्वीललगायतका फिचर रहेको छ ।


Back_to_top