अमेरिकाको कोलोराडोकी उब्रे लेनले अमेरिकन एयरलायन्स विरुद्ध फ्लाईटमा नै आफू बलात्कृत भएको आरोप लगाउदै मुद्दा दायर गरेकी छिन् । लेनले न्यूयोर्कको फेडरल कोर्टमा मुद्धा दर्ता गराएकी हुन् ।
गत अक्टुबर ३१ मा दर्ता गरिएको मुद्दामा शो घटना २०१७ को जुन १७ मा अमेरिकन एयरलायन्सको फिनीक्सबाट न्यूयोर्कको फ्लाईटमा भएको दाबी गरिएको छ । पिडित महिलाले एयरलायन्सले लापरवही गरि नशाले धुत भएको यात्रीलाई जहाजमा चड्न दिएको र उसैले आफ्लाई जहाजको ट्वाइलेटमा बलत्कार गरेको दाबी गरेकी छिन् ।
आरोपित यात्रीको थियो भन्ने जानकारी बाहिर ल्याईएको छैन । तर, जहाज चढ्नु अघिनै नशामा रहेको यात्रुले फ्लाईटमा समेत थप ६ पेग अल्कोहलीक ड्रिक लिएको दाबी गरिएको छ ।
लेनको दाबी अनुसार उक्त ब्यक्तिले यात्राभर उनी र सँगै रहेको अर्को प्यासेन्जरलाई ह्यारेस गरेको भनिएको छ ।
अदालतमा दर्ता गरिएको आरोपमा नजिकै सीटमा बसेको आईविटनेसलको बयान पनि दर्ता गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार सो व्यक्ति नशाले धुत भएर लडखडाउदै आफ्नो सिटसमेत भेट्न गाह्रो गरि आएको र सीटमा पूग्ने बित्तिकै २ पेग भोड्का, १ कोक र १ बियर अर्डर गरेको उल्लेख छ ।
लेनले अदालतमा गरेको दाबी अनुसार ड्रिङक गरिसकेपछि उक्त ब्यक्ति उनको नजिक आएर अनुहारमा किस गर्न थालेको उल्लेख गरेकी छिन् ।
प्रत्यक्षदर्शीका अनुशार लेनले उक्त फ्लाईटमा एक पेगमात्र ड्रिङक गरेकी थिइन र क्याविन क्रुलाई सो जड्याहालाई अर्को ठाउमा सार्नको लागि आफुले आग्रह गरेको तर, जहाजका क्रुले वेवास्ता गरेको दाबी गरेका छन् ।
आरोपमा जनाइए अनुशार उक्त आरोपीत व्यक्ति पहिला वासरुममा गएको र पाँच मिनेट पछाडि लेन वासरुम गएकी थिइन् । लेन पहिला आफ्नो सिटमा फर्केकि थिइन र उनि चुपचाप बसेकी थिइन् । त्यसको केही समयपछि उक्त व्यक्ति सिटमा फर्केको थियो ।
फ्लाईटबाट नओर्लेसम्म लेनले प्रत्यक्षदर्शीलाई केही नबताएको र झरेपछि उक्त व्यक्तिले उनलाई बासरुममा बलत्कार गरेको बताएकी थिइन् ।
डलास न्यूजका अनुशार लेनले उक्त समयमा फ्लाईट एटेन्डेसलाई रिपोर्ट नगरेको जनाएको छ । न्यूजमा उल्लेख भएअनुशार सो समयमा लेन सक भएको तर, विटनेसले पछि पाईलटलाई उक्त घटनाको बारेमा जानकारी दिएको उल्लेख छ ।
प्रत्यक्षदर्शीले एयरलायन्सको सिइओ डग पार्कर र कस्टुमर एक्पिरीयन्सका सिनियर भाईस प्रेसिडेन्ट केली फिलीपोभीचलाई डिटेल मेल गरेको जनाएको छ ।
लेनले सो घटना प्रहरीमा किन दर्ता गरिनन् यो रहस्यकै विषय रहेको छ । उनी सकमा रहेका कुरा प्रत्यक्षदर्शीले इमेलमा उल्लेख गरेकाले यही कारण प्रहरीमा रिपोर्ट नगरेको हुन सक्ने अनुमान गरिएको छ ।
लेन र उनको वकिल मेग फोलीले बहसमा भनेका छन् ‘अमेरिकन एयरलायन्सले नेक्लीजेन्स गरेर आफ्नो डिउटी बिर्सदै लेनलगायत सबै यात्रुको वेवास्ता गर्दै नशामा रहेको मानिसलाई फ्लाईटमा चडाएको र अझ धेरै अल्कोहल सर्भ गरेर एयरलायन्सको पोलीसी र फेडरल रेगुलेसन उल्घंन गरेको आरोप लगाएका छन् ।
अमेरिकन एयरलायन्सले लेनलाई यो विषय सेटल गर्नको लागि गत वर्ष ५ हजार डलरको अफर गरेको थियो । पछि एयरलायन्सले आफूले बनावटी आरोप भनेर सो अफर गरेकोमा माफि मागेको छ । उनिहरुले क्रुमेम्बरहरुलाई यौन दुव्र्यवहारको रिपोर्टमा कसरी काम गर्ने भनेर नयाँ प्रोसिडियर बनाइरहेको जनाएका छन् ।
‘अमेरिकी एयरलायन्सको मुख्य जिम्मेवारी भनेको यात्रीहरुको सुरक्षा हो तर, यहाँ एयरलायन्स आफ्नो जिम्मेवारी निर्वाहमा असफल भएको छ’ लेनका वकील मेग फोलीले बताए ।


