यामाहाले नेकेड रोडस्टर वेसमा आधारित एमटी–०३ यूरोपियन बजारमा भर्खरै सार्वजनिक गरेको छ । कम्पनीले यो बाइकको मूल्य ४ हजार ९९५ यूरो तोकेको छ । यसलाई कम्पनीले तीन कलर भेरिएन्टमा बजारमा सार्वजनिक गरेको छ ।
यस बाइकमा ३२१ सीसी प्यारलल ट्वीन, लिक्वीड कुल्ड, ४ स्टोक डिओएचसी, ४ भल्व इन्जिन दिइएको छ । जुन यामाहा वाईजेडएफ–आर३ बाट लिइएको छ । अझ भन्नुपर्दा वाईजेडएफ–आर ३को फेसलिफ्ट मोडल हो, एमटी–०३ ।
६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । उक्त पावरफुल इन्जिनले ४१.४ एचपी पावर र २९.६ एनएम टर्क उत्पादन गर्छ ।
नेकेड रोडस्टर बाइकमा अगाडिको चक्कामा २९८ एमएमको हाइड्रोलीक सिंगल डिस्क र पछाडिको चक्कामा २२० एमएम डिस्क ब्रेक एबीएस स्टायडर्डको साथ उपलब्ध रहेको छ । पछाडि उत्कृष्ट मोनोसक दिइएको बाइकमा अगाडिको भागमा टेलिस्कोपिक फर्क दिइएको छ ।
कम्पनीले रेगुलर मोडल आर–३को भन्दा कलर बाहेक खासै अन्य ठूलो परिर्वतन गरेको छैन । कम्पनीले ह्वील र फियुल ट्याङकीमा नयाँ पेन्ट दिइएको छ, जसले बाइकलाई निकै फ्रेस देखाएको छ ।
यसलाई कम्पनीले भारतीय बजारमा सार्वजनिक गर्ने वा नगर्ने भन्ने विषयमा केही खुलाएको छैन । यदि भारतीय बजारमा आउने हो भने यो बाइक नेपाली बजारमा समेत आउन सक्ने छ ।
यो बाइकले टीभीएस आरआर ३१०, बिएमडब्ल्यु जी ३१० आर र केटीएम डुक ३९० सँग प्रतिस्पर्धा गर्नेछ ।


