यी फिचरका कारण, पुरानोको तुलनामा नयाँ पल्सर एनएस १६० ट्वीन डिस्क उत्कृष्ट

काठमाडौं । नेपालको सर्वाधिक बिक्री हुने प्रिमियम स्पोर्टस बाइक बजाज पल्सर सबभन्दा धेरै बिक्ने बाईकको मोडल हो । सन् २००१ मा पहिलो पटक उत्पादन भएको बजाज पल्सरको ११ वटा भर्सनमा बजारमा आईसकेका छन् । 

सुरुमा १५० सीसी इन्जिन अप्सनमा आएको पल्सर, त्यसपछि विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ । बजाजको पल्सर विश्वभरी १ करोड २० लाखभन्दा बढी यूनिट बिक्री भइसकेको छ । 

नेपाली बजारमा एचएच बजाजले बिक्री बितरण गर्दै आएको यो बाइक विगत १७ वर्षदेखि स्पोर्टस सेगमेन्टमा एकछत्र राजगर्न सफल भइरहको छ । भर्रखरै एचएच बजाजले पल्सरको नयाँ भर्सन एनएस १६० ट्वीन डिस्क अप्सनमा बजारमा ल्याएको छ । 

यसको लन्चसँगै पल्सारमा अब स्पीडको साथै राम्रो ब्रेकिङ पफर्मेससहित यो बाइक चलाउन अझ रमाईलो र अझ बढी सेफ्टी भएको छ । 

फिचर 

एनएस १६० ट्वीन डिस्क ब्रेक दिइएको छ, साथै युवालाई आर्कषित गर्न मोटो ह्वील, मोटो टायर, च्यासीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ । यसको इन्सुटुमेन्ट क्लस्टर सेमी डिजिटल रहेको छ भने, टेललाईट एलइडी रहेको छ  । यसमा गरिएको अरु परिवर्तनमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल र लामो व्हील्बेस हो । यसले बाइकलाई पुरानोको तुलनामा उत्कृष्ट बनाएको छ । 

एनएस १६० ट्वीन डिस्कमा १७ इन्चको एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।  पल्सर एनएस १६० पल्सरकै अघिल्लो भर्सन एनएस २०० को डिजाइनमा आएको हो । यसमा एनएस २०० भन्दा इन्जिन अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । भने तौल १४५ केजी रहेको छ । 

इन्जिन र पफर्मेन्स 

पल्सर एनएस ट्वीन डिस्कमा १६०.३  सीसी सिंगल सिलिन्डर डिटिएसआई इन्जिन दिइएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । 

यसको टप स्पिड १२० किलोमिटर रहेको छ भने, १२  लिटर क्षमताको पेट्रोल ट्याङ्की दिइएको छ । यो बाईक ५ गिएरमा उपलब्ध रहेको छ भने ग्राउण्ड क्लीयरेन्स नेपाली बाटोलाई सुहाउँदो  १६७ एम एम रहेको छ ।

नेपालमा उपलब्धता

नेपाली बजारमा यो बाईक बिभिन्न चार कलर भेरिएन्टमा उपलब्ध रहेको छ । जसमा प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु, एन्ड ग्लसी पेव्टर ग्रे रहेको छ । नेपाली बजारमा बजाज पल्सर एनएस १६० को मूल्य २ लाख ८६  हजार ९०० रुपैयाँ रहेको छ ।  


Back_to_top