बीएमडब्ल्यूले नयाँ ग्रान्ड टुरिज्मो स्कुटर इटलीको मिलानमा जारी EICMA मोटर शो २०१८ मा सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार, कम्पनीले बीएमडब्ल्यू सी४०० सार्वजनिक गरेको हो ।
कम्पनीले नयाँ स्कुटर बीएमडब्ल्यू सी–४०० एक्स जस्तै लोकप्रिय बन्ने विश्वास लिएको छ । यो स्कुटर लामो दुरीमा जानेहरुको लागि उपयूक्त हुने कम्पनीले जानकारी दिएको छ ।
ग्रान्ड टुरिज्मोले ३४ वीएचपी पावर जेनेरेट गर्ने सिंगल सिलिन्डर इन्जिन दिइएको छ भने अटोमेटिक गियरबक्स जडान गरिएको छ ।
स्कुटरमा ६.५ इन्चको पूर्ण कलर टीएफटी ड्याश बोर्ड प्रयोग गरिएको छ । जसमा मल्टिमिडिया कनेक्टीभीटी जडान गरिएको छ । साथै फोन, म्युजिक कन्ट्रोल तथा जीपीएस सिस्टम जडान गरिएको छ ।
बीएमडब्ल्यू सी४००मा भएको टूग्लोभ बक्स र फ्लेक्स–केस अन्डर सीटसहित अपडेटेड स्टोरेज सिस्टम यसमा दिइएको छ । कीलेस इग्नीसन, एबीएस तथा स्ट्याबीलीटी कन्ट्रोलजस्ता फिचरले स्कुटरलाई निकै सुरक्षित बनाएको छ ।


