यामाहाले इटलीको मिलानमा चलिरहेको EICMA मोटर शोमा एक पछि अर्को नयाँ मोटरसाइकल र स्कुटर सार्वजनिक गरिरहेको छ । अटो शोमा तीन पाङ्ग्रे मोटरसाइकल निकेन जीटी सार्वजनिक गरेको कम्पनीले ३ पाङ्ग्रे स्कुटर 3CT सार्वजनिक गरेको हो ।
कम्पनीले निकेनबाट प्रभावित भएर यो स्कुटर निर्माण गरेको जनाएको छ । स्कुटरको अगाडिको भागमा दूई पाङ्ग्राको प्रयोग गरिएको छ भने, पछाडि एउटा मात्र पाङ्ग्रा दिइएको छ ।
३०० सीसी क्षमताको ब्लूकोर इन्जिन दिइएको यो स्कुटर निकै शक्तिशाली रहेको छ । यामाहा 3CT मा कन्सेप्ट टिल्टलक सिस्टम, इलेक्ट्रीक ब्ल्यू एक्सेन्टस, ब्रिजस्टोन ह्वील, थ्रीडी प्रिन्टेड सीट, एलइडी लाइट जस्ता फिचरहरु यो स्कुटरमा रहेका छन् ।
यसको सीटमा ब्याकरेष्टको सुविधा दिइएको छ । साथै, मोटरसाइकलमा प्रयोग हुने एड्जस्ट सिस्टम दिइएको छ । पछाडिको भाग निकै हेभी देखाउन कम्पनीले निकै मिहिनेत गरेको छ ।
सबै ह्वीलमा डिस्क ब्रेक अप्सन दिइएको स्कुटरको हेन्डलवार सजिलो बनाउन कम्पनीले निकै मेहिनत गरेको जनाएको छ ।


