आयो बुलेटको फोटोकपी बाइक, मूल्य ६० हजार, माइलेज ९० किमी

काठमाडौं । बेलायती मोटरसाइकल ब्रान्ड रोयल ईनफिल्डका लागि कुनै परिचय आवश्यक पर्दैन । मोटरसाइकल चलाउने तथा नचलाउने जो–कोहीले सहजै रोयल ईनफिल्डको मोटरसाइकल हो भन्ने छुट्याउन सक्छन् । तर, मूल्यका कारण सबैले यो मोटरसाइकल खरिद गर्न सक्दैनन् । अब भारतमा रोयल ईनफिल्डको विकल्पमा नयाँ मोटरसाइकल रोयल इन्डिया आएको छ । 

रोयल इन्डिया मोटरसाइकल रोयल ईनफिल्डको बुलेटजस्तै छ । यो मोटरसाइकल बाइक विल्डर रोयल उडो भुवश्वरले बनाएका हुन् । रोयल इन्डियाको मोटरसाइकल बुलेटजस्तै देखिए पनि यसको इञ्जिन क्षमता १ सय सीसीमात्र छ । 

रोयल इन्डिया बुलेटको सिट, इन्धन ट्याङ्क, राउन्ड हेडल्याम्प सबै रोयल ईनफिल्ड बुलेटको जस्तै छ । मोटरसाइकलको अन्य आकार प्रकाशसमेत ठ्याक्कै रोयल ईनफिल्डको जस्तै छ । रोयल इन्डिया बुलेट चलाउँदा रोयल ईनफिल्ड चलाएजस्तै अनुभव हुने दाबी उत्पादकको छ । 

रोयल इन्डिया बुलेट १ सय सीसीको आवाज पनि ओरिजिनलसँग मिल्दो छ । एक सय सीसीको मोटरसाइलकमा उस्तै आवाज आउन नसक्ने भए पनि त्यस्तै आवाज निकाल्ने प्रयास गरिएको छ । यो मोटरसाइकल विशेषगरी जो रोयल ईनफिल्ट मोटरसाइकल चढ्ने चाहाना राख्छन्, तर मूल्य उनीहरूका लागि बाधक बन्छ उनिहरुको लागि भएको कम्पनीले जनाएको छ । 

यो मोटरसाइकलको मूल्य ६० हजारदेखि ७० हजार भारतीय रुपैयाँमा पाइनेछ । त्यतिमात्र होइन, रोयल इन्डियाको मोटरसाइकल निक्कै ईकोनोमिकसमेत छ । यो मोटरसाइकलले १ लिटर पेट्रोलले ९० किलोमोटर माइलेज दिने दाबी गरिएको छ ।


Back_to_top