काठमाडौं । अचम्म ! एउटा कारको नम्बर प्लेटको मूल्य २ अर्ब १० करोडभन्दा कसैलाई विस्वास नलाग्न सक्छ । तर, यो साँचो हो । यो नम्बर प्लेट अनलाईन सपिङग साईटमा बिक्रीको लागि राखिएको छ ।
कार सम्बन्धी अनलाईन मिडिया कारस्कुप डटकमका अनुसार एफ १ नम्बरको नम्बरप्लेट अप्रिल महिनादेखि नै बिक्रीको लागि राखिएको जनाएको छ ।
यो एक सामान्य नम्बर प्लेट हो । यसमा विशेष प्रकारको कुनै बहुमुल्य बस्तुले निर्माण गरिएको छैन । तर, कसैले किन्न चाहने हो भने करिब २ अर्ब १० करोड नेपाली रुपैयाँ यसको मूल्य राखिएको छ ।
बेलायतका अफजल खानले आफ्नो मर्सिडिज एसएलआर म्याकलेरेन कारमा लगाईएको नम्बर प्लेट बिक्रीमा राखेका हुन् । यसअघि यो नम्बर प्लेट बुगाटी भेरोनमा लगाइएको थियो । त्यही नम्बर प्लेट अफजलले बिक्रीको लागि राखेका हुन् ।
एफ १ को मतलव फर्मुला वान रेसलाई जनाउने हुँदा उनले यो नम्बर प्लेट करिब १७ करोड रुपैयाँमा यही बर्ष खरिद गरेको कारस्कुपले उल्लेख गरेको छ । तर, उक्त अनलाईनले उनले किन यो नम्बर प्लेटलाई यति धेरै रकम खर्चेर किनेका थिए भन्ने केही खुलाएको छैन ।
अनलाईनमा बिक्रीको लागि राखिएको उक्त नम्बर प्लेट लिन एकजनाले ६४ करोड रुपैयाँ मूल्य लगाएपनि अफजलले त्यति मूल्यमा उक्त नम्बर प्लेट दिन अस्विकार गरेका छन् ।
बेलायती सावारी ऐनले नम्बर प्लेटको लाइसेन्स ब्यक्तिमा निहित हुने ब्यवस्था गरेकाले राम्रा, सजिला र अनौठा नम्बर प्लेटहरु बिक्रीको लागि राखिने गरेको छन् । यसअघि यसरी राखिएको नम्बर प्लेट १ अर्ब ५५ करोड नेपाली रुपैयाँसम्ममा बिक्री भएको थियो ।