मोटरसाइकल वा साइकल छुट्टाउनै कठिन, यस्ता छन् विशेषता

काडमाडौं । साइकल र मोटरसाइकल छुट्टाउनु गाह्रो पर्ने मोटरसाइकल तपाईले देख्नु भएको छ । ओनिक्स नामको कम्पनीले यस्तो साइकल र मोटरसाइकल छुट्टाउन गाह्रो पर्ने टु हुवीर्लसको निर्माण गरेको छ । 

ओनिक्स आरसीआर बाइक अहिले विश्वका धेरै सडकमा दौडिएको देख्न सकिन्छ । यसलाई अमेरिकी कम्पनी ओनिक्स मोटरबाइकले बजारमा ल्याएको हो । कम्पनीले बजारमा ल्याएको दुई किसिमका बाइकमा एउटा सहरी क्षेत्रको लागि र अर्को लामो हाइवेको लागि हुने जानकारी दिएको छ । 

स्टायर्डड ओनिक्स CTY ‘सिटीवाई’को टाइमर मोडल हो । जुनमा ४८ भोल्टको ब्याट्री लगाइएको छ । जसलाई एकपटक फुलचार्ज गर्दा ४० देखि ६५ किलोमिटर चलाउन सकिने कम्पनीले दाबी गरेको छ । सहरी क्षेत्रकोलागि यो निकै उपयोगि मानिन्छ । यसको टप स्पिड ५० किलोमिटर प्रतिघन्टा रहेको छ । यदी यो बाइकको चार्ज सकिएको खन्डमा पछि प्याड दाबेर चलाउन पनि सकिन्छ ।

कम्पनीले यसको प्रि बुकिङ खुल्ला गरिएको छ । कम्पनीले यसको मूल्य १ हजार ८७५ अमेरिकी डलर राखिएको छ । यसमा एलइडी डिस्प्ले, हैडल्याम्प, युसबी ३.० पोर्ट, ब्लुटुथ कनेक्टिभिटी लगायतका फिचरहरु रहेका छन् । 

ओनिक्स RTR ‘आरटीआर’को डिजाइन बाइक र साइकल छुट्टाउन कठिन हुने किसिमको छ । यो बाइकमा निकै पातलो टायर दिइएको छ । धेरै मानिसले विस्वास गर्न कठिन लाग्न सक्छ कम्पनीले यसलाई हाइवेको लागि निर्माण गरेको हो । यसमा राउन्ड हेडलाईट, वायर ह्वीलजस्ता फिचर रहेका छन् भने यसमा ७२ भोल्टको ब्याट्री र ५.४ किलोवाटको मोटर जडान भएको छ । 

७.२ पिएच पावर उत्पादन गर्ने यो बाइकको क्षमता १२५ सीसी बाइकको बराबर रहेको छ । एक पटकको फुलचार्जमा १२० किलोमिटर यात्रा गर्नसकिने यो बाइकमा दुई ड्राइभिङ मोड दिइएको छ । इकोनोमी मोडमा ३२ किलोमिटरको स्पिडमा चलाउन सकिने यो बाइक हाइवे मोडमा १०० किलोमिटरको टप स्पिडमा गुडान सकिन्छ । यसको मूल्य २ हजार ६०० डलर तोकिएको छ । 


Back_to_top