यी हुन् चर्चित कम्पनीले उत्पादन गरेका गुमनाम ४ कार

काठमाडौं । भारतीय अटो बजारमा स्वदेशी तथा विदेशी कम्पनीद्वारा उत्पादित उत्कृष्ट ब्रान्डहरू सार्वजनिक भैरहेका हुन्छन् । तर, टाटा, महिन्द्राजस्ता चर्चित कम्पनीका कतिपय ब्रान्ड उत्पादनपश्चात् गुमनामरुपमा हराएका छन् । कम्पनीद्वारा उत्पादित त्यस्ता मोडल कुनै औपचारिक कार्यक्रममार्फत् सार्वजनिक भएका छैनन् भने अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न नसकेपछि स्वतः कम्पनीले उत्पादन बन्द गरेको छ । आक्रर्षक डिजाइन र विशेषता बोकेका, तर बजारमा टिक्न नसकेका केही ब्रान्ड यस्ता छन् ।

महिन्द्रा लेजेन्ड

महिन्द्रा लेजेन्ड कार १९५३ विलिस एमडी–एम–३८ ए–१ एसयुभी मोडलको नामले परिचित छ । आम–नागरिकमा महिन्द्रा लेजेन्डको वास्तविक नामबारे कुनै जानकारी छैन । आम–मानिसको प्रयोजनमा नआएको यो मोडलको प्रयोग विशेषत आर्मीहरूले अमेरिका–कोरियाको युद्धको समयमा प्रयोग गरेका थिए । 

यो कारमा २ हजार ५२३ सीसी डीआई डिजेल मोटर लगाइएको थियो । यसको अलवा कारमा १६ इञ्चको ह्वील्स, रोल क्याजका साथै ४ रुफ अक्स ल्याप्स लगाएको थियो । यसको मूल्य ६ लाख रुपैैयाँ निर्धारण गरेको थियो । यो कारलाई लिमिटेड एडिसन कारको रुपमा निर्माण गरिएको थियो ।

टाटा म्याग्ना

टाटा मोटर्स कम्पनीको सबैभन्दा ठूलो प्रडक्टको रुपमा टाटा म्याग्ना कारलाई लिने गरिन्छ । यसमा २.० लिटर क्षमताको पेट्रोल इञ्जिन दिइएको थियो । सो इञ्जिनले १२० एचपी पावर उत्पादन गथ्र्यो । होन्डा एकोर्ड तथा हुन्डाईको सेन्ताफेसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले निर्माण गरिएको यो प्रडक्टको उत्पादन कम्पनीले बन्द गरेको थियो । 

अर्माडा ब्रान्ड

सुविधासम्पन्न हुनुका साथै आक्रर्षक डिजाइनमा निर्माण भएको अर्माडा ब्रान्ड बजारमा जम्न असफल भएको थियो ।

कम्पनीले एकसाथ स्ट्यान्र्डर्ड र ग्रान्ड भर्जनमा दुईवटा मोडल सार्वजनिक गरेको थियो । ग्राहकले भने दोस्रो भर्जनलाई कम्फर्टेवल मानेका थिए । ग्रान्ड भर्जनमा राउन्ड हेडल्याम्प्सका साथै फोर ह्वील ड्राइभ अप्सनजस्ता विशेषता दिइएको थियो ।

क्वान्टम ओकल

कुनै समयको लोकप्रिय कार क्वान्टम भारतीय बजारमा भने सार्वजनिक हुन सकेन । सन् १९९७ मा सार्वजनिक भएको यो कारलाई मुम्बई डिलरसिपबाट बेचिएको थियो । कम्पनीले ९ क्वान्टम एकसाथ बेच्दा १० औं कार फ्रि दिने विशेष अफर राखेको थियो । ग्राहकलाई आक्रर्षित गर्न राखिएको अफरको योजनामा समेत असफल भएपछि कम्पनीले यसको उत्पादन बन्द गरेको हो ।


Back_to_top