टीभीएस आरटीआर १६० डबल डिस्क सार्वजनिक, यस्तो छ ३ भर्सनको मूल्य

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारीक वितरक जगदम्वा मोटर्सले आरटीआर १६० को डबल डिस्क भर्सन सार्वजनिक गरेको छ । यस अघि नेपाली बजारमा यो सिगंल डिस्कमा उपलब्ध रहेको थियो ।

कम्पनीले भदौ १० गते नाडा अटो शोमा उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।

यो भर्समा अन्य कुनै परिवर्तन भने नगरिएको कम्पनीले बताएको छ । १५९ सीसी सिङ्गल सिलिन्डर इन्जिन रहेको बाइकले १५.१२ बीएचपी पावरकासाथै १३.०३ एनएमटर्क उत्पादन गर्छ । आरटीआर १६० को इन्जिनमा फाइभ स्पीड गियरबक्स दिइएको छ । यसको फ्रन्टमा २७० एमएम तथा रियरमा १३० एमएमको डिस्क ब्रेक रहेको छ । 

यो मोडलले  होन्डा सीबी हर्नेट १६० आर, पल्सर १५० र होन्डा युनिकर्नजस्ता मोडलसँग प्रतिस्पर्धा गरिरहेको छ । 

यसको सिगंल डिस्कको मूल्य  २ लाख ५४ हजार ९०० रहेको छ । यसको २ भीको मूल्य २ लाख ६४ हजार ९०० रुपैयाँ र ४ भी को मूल्य २ लाख ८८ हजार ९०० रुपैया ताेकिएकाे छ । 


Back_to_top