संचालनमा ल्यायो कपुरी ब्रदर्सले स्वयम्भूमा होन्डाको सोरुम

काठमाडौं । कपुरी ब्रदर्स  इन्टरप्राइजेजले स्वयम्भूमा होन्डाको नयाँ सोरुम संचालनमा ल्याएको छ ।

होन्डा मोटरसाइकल एन्ड स्कुटर प्रालि इन्डियाका सीईओ मिनोरु कातोले सोरुम उद्घाटन गरे ।

कपुरी ब्रदर्सले आफ्नो कारोवार स्थापनाको ११ वर्ष पुगेको अवसरमा उक्त सोरुम संचालनमा ल्याएको हो । सोही अवसरमा ५ एस सेवा सहितको सोरुम संचालन गरिएको कपुरी ब्रदर्सका अध्यक्ष प्रकाश कपुरीले जानकारी दिए ।

कपुरीइ ब्रदर्सले उक्त स्थानमा सर्भिसका साथै आधिकारीक स्पेयर पार्ट्ससमेत उपलब्ध गराउने छ । त्यसै फाइनान्स तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध गराउने कपुरीले बताए ।


Back_to_top