काठमाडौं । टीभीएसले स्पोर्टस् सेगमेन्टमा नयाँ मोडल ल्याउने भएको छ । यसअघि आरआर ३१० मोडल बिक्री गर्दै आएको कम्पनीले यहि डिजाइनबाट प्रेरित रहेको आरआर २०० ल्याउने भएको हो ।
सम्भवत कम्पनीले आरआर ३१० को बडी डिजाइनमा अपाचे आरटीआर २०० को इन्जिनलाई ट्यूनिङ गरेर प्रयोग गर्नेछ । मूल्यका हिसावले पनि यो आरआर ३१० भन्दा सस्तो हुनेछ ।
नयाँ आरआर २०० मा एग्रेसीभ फ्रन्ट फेसिया, फ्रन्ट काउल माउन्टेड रियर भ्यू मिरर, कम्प्याक्ट विन्ड स्कृन, लो–सेट हेन्डलबार, स्पोर्टी ग्राफिक्स डिजाइन, आकर्षक डिजाइनमा सजिएको फ्युल ट्याङ्क, स्प्लीट सीट र अपस्वेप्ट एग्जस्ट जस्ता पार्टस्को प्रयोगले यसलाई पृथक बनाउने अनुमान गरिएको छ ।
यसमा ब्लुटुथ कनेक्टिभीटी सिस्टमसहितको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, पुरा एलइडी लाइट, रेस टेलिमेट्री, लेन एङ्गल मोड, नेभिगेसन, कल र एसएमएस अलर्ट, क्रयास अलर्ट सिस्टम र लो फ्युल अलर्ट जस्ता फिचरहरु रहने छन् ।
टीभीएसले यसलाई ‘डवल क्रयाडल स्प्लिट सिन्क्रो स्टिफ फ्रेम’मा निर्माण गर्नेछ । मोटरसाइकलमा उच्च गुणस्तरको डिस्क ब्रेक प्रयोग गर्नुको साथै ड्यूल च्यानल एबीएस र सुपर मोटो सिंगल च्यानल एबीएस उपलब्ध हुनेछ ।
रेसिंग इक्युप्मेन्टबाट सुसज्जित यो मोटरसाइकलमा ग्लाइड थ्रु टेक्नोलोजी, स्लीपर असिस्ट क्लच, अलोय ह्वील, ट्युबलेस रेडियल टायर तथा युएसडी फर्क जस्ता उच्च कोटीको फिचर पाउन सकिन्छ ।
सार्वजनिक भएका रिपोर्ट अनुसार उक्त मोटरसाइकलमा १९७.७५ सीसी क्षमताको आयल कूल्ड, एफआइ इन्जिन रहने छ । तीन फरक राइडिङ मोडसमेत रहने मोटरसाइकलले अधिकतम २१ ब्रेकहर्स पावरसम्म प्रदान गर्ने अनुमान गरिएको छ ।


