काठमाडौं । होन्डाले आफ्नो १२५ सीसी क्षमताको डिओ स्कुटर नेपाल ल्याउने भएको छ । कम्पनीले नयाँ स्कुटरको बुकिङ खुल्ला गरेको हो ।
होन्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले सुरुवाती १०० जना ग्राहकको लागि भनेर स्कुटरको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ खुल्ला गरेको हो ।
नेपालमा सर्वाधिक सफल स्कुटर डिओ केही महिना अघि भारतमा १२५ सीसी सिग्मेन्टमा सार्वजनिक भएको थियो । कम्पनीले होन्डा डिओको स्मार्ट भेरियन्ट नेपालमा बिक्री सुरु गर्न लागेको हो ।
विभिन्न स्मार्ट फिचरले भरिएको डिओ–१२५ मा साइलेन्ट स्टार्ट, स्मार्ट फाइडिङ, स्मार्ट लक तथा स्मार्ट स्टार्ट जस्ता सुविधा पाउन सकिन्छ । इन्जिन ठूलो भएपनि इन्धन खपतलाई ध्यानमा राखेर यसमा ‘आइडल स्टप सिस्टम’ दिइएको छ ।
यसमा रहेको इन्टेलिजेन्ट मिटरबाट स्कुटरको रियल टाइम र एभरेज माइलेज मापन गर्न सकिन्छ । साथै, साइड स्ट्यान्ड इन्जिन कटअफ स्विच पनि दिइएको छ ।
कम्पनीले नाडा अटो शो २०२३ मा प्रदर्शनी गरेको समयमा नै धेरै मानिसले यसलाई मनपराएका थिए । नयाँ डिओमा १२३.९ सीसी क्षमता भएको एयर कुल्ड एफआई इन्जिन छ । उक्त इन्जिनले ८.१४ बीएच पावर र १०.३ एनएम टर्क जेनेरेट गर्छ ।
डिओ १२५ मा मोर्डन टेल ल्याम्प, नयाँ स्प्लिट ग्रयावरेल, डिस्कब्रेक, अलोय ह्वील, नयाँ ग्राफिक्स डिजाइन, नयाँ बोल्ड लोगो, डुवल आउटलुट मफलरको साथ क्रोम फिनिसिङले स्कुटरको लुक्स पहिलेभन्दा थप स्पोर्टी देखिएको छ ।
त्यसैगरी, डिओ १२५ मा डिजिटल स्पीडोमिटर दिइएको छ । डिजिटल डिस्प्ले, ट्रिप मिटर, समय, साइड स्ट्यान्ड इन्डिकेटर, स्मार्ट कि, एलइडी हेडलाइट, एलइडी पोजिसन लाइट, ब्याट्री इन्डिकेटर, सर्भिस ड्यू इन्डिकेटर दिइएको छ ।

