काठमाडौं । टीभीएस मोटर्सको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले नयाँ मोडल बिक्री सुरु गर्न लागेको छ । कम्पनीले आगामी डिसेम्बर १७ तारिखमा नयाँ मोटरसाइकल सार्वजनिक गर्न मिडियालाई निम्ता दिएको हो ।
कम्पनीले नयाँ मोडलको विषयमा निमन्त्रणा पत्रमा केही खुलाएको छैन । तर, कम्पनीले विगत लामो समयदेखि परिक्षण गरिरहेको मोडल रोनीन सार्वजनिक गर्न लागेको हो कि भन्ने आँकल गर्न सकिन्छ ।
कम्पनीले नाडा अटो शो २०२३ मा प्रदर्शनी गरेको रोनीन मोटरसाइकल चाँडै बिक्री सुरु हुने यसअघि नै सूचना बाहिर आएको कारण हामीले नयाँ मोटरसाइकल रोनीन हुन सक्ने आँकलन गरेका हौं ।
यदि, रोनीन २२० मोटरसाइकलको बिक्री सुरु हुने हो भने टीभीएसको पहिलो क्रुजर मोडल हुनेछ । यसले भारतमा दिइने बिभिन्न विधाका अवार्ड समेत जितेको थियो ।


