काठमाडौं । देशको अर्थतन्त्र निकै कठिन अवस्थाबाट गुर्जेको छ । यो कठिन अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाइराख्न र विश्व परिवेसमा सृजित समस्यासँग लड्न निकै कडा मिहिनेत गर्नु पर्ने देखियो । अमेरिकी बैंक जेपी मोर्गनमा कार्यरत अर्थशास्त्रीहरुले विश्व बजारमा कच्चा तेलको मूल्य ३५० अमेरिकी डलर प्रतिब्यारल पुग्ने प्रक्षेपण गरेसँगै विश्वको अर्थतन्त्र र अर्थशास्त्रीहरुको होस उडेको छ ।
चालु आर्थिक वर्षको ११ महिनाको आयात तथ्यांक हेर्ने हो भने पेट्रोलियम पदार्थले नेपालको अर्थतन्त्रलाई कसरी च्यापेको छ भन्ने बुझ्न कठिन छैन । नेपालले साउन १ गतेदेखि जेठ ३१ गतेसम्ममा १७ खर्व ६३ अर्व २२ करोड ३० लाख ९६ हजार मूल्य बराबरको वस्तु तथा सेवा आयात गरेको देखिन्छ । उक्त परिमाणमा पेट्रोलियम पदार्थ र त्यसबाट उत्पादन भएका अन्य बस्तु गरेर ४ खर्ब रुपैयाँ बराबरको आयात भएको देखिन्छ । वर्षको सुरुवातमा निकै राम्रो मूल्यमा रहेको पेट्रोलियम प्रोडक्ट रसिया–युक्रेन युद्धसँगै आकाशिएको थियो ।
पेट्रोलियम पदार्थको आयातमा खर्च भएको रकमलाई हेरौं । हामीले विगत ११ महिनामा ६२ अर्व ९१ करोड मूल्य बराबरको ६ लाख ७८ हजार ६७२ किलोलिटर पेट्रोल आयात गरेका छौं । जुन परिमाणत अघिल्लो वर्षको तुलनामा १ लाख ३९ हजार किलोलिटरले बढी हो । तर, आयात रकममा भने झण्डै दोब्बर बढी हो ।
त्यसैगरी मट्टीतेल १ अर्व ४३ करोड रुपैयाँ मूल्य बराबरको आयात भएको छ भने हवाई इन्धन १२ अर्व ८८ करोड मूल्य बराबरको आयात भएको छ । घर–घरमा खाना पकाउने ग्यासको आयात ९६ अर्व १६ करोड मूल्य बराबरको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । चालु आवको ११ महिनामा १ खर्ब ४५ अर्व २१ करोड मूल्यको डिजेल मात्रै आयात भएको देखिन्छ ।
नेपालले केही समयको लागि पेट्रोलियम पदार्थको प्रयोग घटाउनुको विकल्प छैन भन्ने कुरामा धेरै मानिस पुगेका छन् । तर, सरकार चलाउने कुनै ब्यक्ति वा समूहले अहिलेसम्म आधिकारीक धारणा राख्न सकिरहेका छैनन् । अर्थमन्त्री आफ्नो कमजोरी लुकाउन लागि परेका छन् । उद्योग मन्त्रीसँग नागरिकलाई अपिल गर्ने धारणा देखिदैन । आयल निगम एकोहोरो चिच्चाइरहेको छ । उसलाई कसैले टेर्नेवाला देखिदैन ।
यी बाहेक अन्य बीटुमिन, लुब्रिकेन्ट र लुब्रिकेन्ट बनाउने फर्विस आयल जस्ता बस्तुको आयात झण्डै ८० अर्व बराबरको भएको देखिन्छ । नेपालको बजेटको साइजभन्दा ठूलो ब्यापार र त्यसमा १५ खर्ब ७७ अर्वको व्यापार घाटाले अर्थतन्त्रको जग नै हल्लाई दिएको छ ।
वार्षिक करिब ३० अर्वको विटुमिन आयात हुँदै आएको छ । अब सडक कालोपत्रे होइन ढलान गरेर बनाउँ । सिमेन्ट उद्योगलाई जवाफदेही बनाएर कम मूल्यमा नै पूर्वाधार निर्माणमा सिमेन्टको प्रयोग हुने हो भने त्यसले हाम्रो अर्थतन्त्रलाई टेवा प्रदान गर्छ । अहिले विटुमीन प्रयोग भएका बाटाहरु २ वर्षमा भत्केर पहिलेकै अवस्थामा आउँछन् । यदि सडक डलान हुने हो भने २० देखि ३० वर्ष केही हुँदैन ।
नेपालले केही समयको लागि पेट्रोलियम पदार्थको प्रयोग घटाउनुको विकल्प छैन भन्ने कुरामा धेरै मानिस पुगेका छन् । तर, सरकार चलाउने कुनै ब्यक्ति वा समूहले अहिलेसम्म आधिकारीक धारणा राख्न सकिरहेका छैनन् । अर्थमन्त्री आफ्नो कमजोरी लुकाउन लागि परेका छन् । उद्योग मन्त्रीसँग नागरिकलाई अपिल गर्ने धारणा देखिदैन । आयल निगम एकोहोरो चिच्चाइरहेको छ । उसलाई कसैले टेर्नेवाला देखिदैन ।
विगतमा नागरिकलाई झुम्याउन माहिर निगम अहिले साँच्चै संकटमा पर्दापनि नागरिकलाई उसको भनाईमा विश्वास हुने अवस्था छैन । त्यसैले हामी आफैँ यसको गाम्भियतालाई बुझेर पेट्रोलियम पदार्थको आयात घटाउन लाग्नु पर्छ । छाटो दुरी पैदल हिडौं । नेपालमा सबैभन्दा धेरै निजी गाडी प्रयोग गर्ने अफिसहरु हुन् । उनिहरुलाई थोरै गाडी चलाउन आग्रह गरौं । प्रधानमन्त्रीदेखि उच्च अहोदाका मानिससँग हिड्ने कार्गेट बन्द गरौं । सचिव बाहेकका कर्मचारीले चढ्ने गाडी केही महिनाको लागि थन्काउ ।
सेना, प्रहरीको गाडीलाई कसरी मितब्ययी बनाउने त्यसमा छलफल गरौं । सार्वजनिक आयात र निजी साधनमा जोर बिजोर कडाईका साथ लगाउ । शनिबार पूर्णरुपमा बजार बन्द गराऔं र गाडी चल्न रोकौं । यी सबै काम गर्दा हाम्रो अर्थतन्त्रले ठूलै मूल्य चुकाउनु पर्ला तर, अहिलेको पेट्रोलियम पदार्थको कारण डुब्नु पर्ने अवस्था आउँदैन ।
श्रीलंका, पाकिस्तान, बंगलादेश र नेपालले भोगिरहेका समस्या केही भिन्न छन् । हाम्रो अर्थतन्त्रमा पेट्रोलियम पदार्थको कारण सृजना हुने दायित्वलाई केही घटाउन सकिएको खण्डमा त्यसले हामीलाई थप संकटमा जानबाट रोक्ने छ । त्यसैले सबैले आ–आफ्नो क्षेत्रबाट पेट्रोलियम पदार्थको उपभोग घटाऔं ।

