काठमाडौं । नेपालमा टाटाले टिगोर सेडान कार विक्री सुरु गरेको १७ महिना पुरा भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यसलाई गत वर्ष भदौ महिनाबाट विक्री सुरु भएको थियो ।
सेग्मेन्टकै लिडर बनेको टिगोर ईभी अहिलेसम्म सिप्रदीले १९२ युनिट बिक्री गरिसकेको जानकारी दिएको छ । टाटा टिगोर जिपट्रोन इलेक्ट्रिक टेक्नलोजीमा आधारित रहेर निर्माण गरिएको कार हो ।
विभिन्न तीन भेरियन्ट एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस ड्यूल टोनमा उपलब्ध रहेको छ। एक्सएम भेरियन्टको मूल्य ३१ लाख ४९ हजार रुपैयाँ, एक्सजेड भेरियन्टलाई ३२ लाख ९९ हजार रुपैयाँ र एक्सजेड प्लस ड्यूल टोनको मूल्य ३३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
टिगोर सेडानमा ५५ किलोवाट क्षमताको मोटरको साथमा २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । एआरएआईका अनुसार यसले सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज प्रदान गर्छ । यसको पीक टर्क १७० न्यूटन मिटर (एनएम) रहेको छ ।
टाटाले यसमा आईपी६७ रेटेड ब्याट्री दिएको छ । यो ब्याट्रीलाई २५ किलोवाटको डीसी फास्ट चार्जरबाट ० देखि ८० प्रतिशत चार्ज गर्न एक घन्टा लाग्ने कम्पनीको दाबी छ। त्यसैगरी, यसलाई १५ एम्पायरको सामान्य चार्जरले ८.५ घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
टिगोर ईभीमा २४५० एमएमको ह्वीलवेस, १७२ एमएमको ग्राउन्ड क्लियरेन्स र ३१६ लिटरको बुट स्पेस पाउन सकिन्छ ।
टाटाले टिगोर ईभीमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएल लाइट, चाइल्ड सेफ्टी रियर डुवर लक, सिट बेल्ट रिमाइन्डर, एलइडी टेलल्याम्प, ड्युल एयरब्याग, इबीडीको साथ एबीएस, रियरभ्यू क्यामेरा, रियर पार्किङ सेन्सर लगायतका फिचर उपलब्ध रहेका छन् ।
यस ईभीमा ड्युल टोन कलरमा सजिएको ड्यासबोर्ड, ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । यसमा स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ, हिल एसेन्टरडिसेन्ट अशिष्ट, अटोमेटिक टेम्परेचर कन्ट्रोल, हाइट अनुसार मिलाउन सकिने ड्राइभर सिट पनि समावेश रहेका छन् ।


