सेग्वेको मनसुन अफर: सित्तैमा रेनकोट,कभर र हेलमेटकाे साथमा नगद छुट

काठमाडौं । नेपालमा इलेक्ट्रीक स्कुटरको  लिडिङ ब्राण्ड सेग्वेले मनसुन अफर सार्वजनिक गरेको छ  ।

सेग्वे नाइनवट इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रालीले नयाँ मनसुन अफर सार्वजनिक गरेको हो ।

यस अफर अन्तर्गत कुनै पनि मोडलको स्कुटरको खरिदमा आकर्षक रेनकोट, स्कुटर कभर र हेलमेट उपहार पाइने छ । साथै, स्कुटर खरिदमा १५ हजार रुपैयाँसम्मको नगद छुट दिइने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा सेग्वेका एन १००, ई १००, ई ११०एल, ई १२५  मोडलका इलेक्ट्रीक स्कुटर बिक्री भइरहेका छन् । सेग्वेको स्कुटरहरू २ लाख ६० हजारदेखि ३ लाख ९१ हजारसम्म रहेको छ ।

यो योजना  असार १५ गतेदेखि साउन १५ गतेसम्म (१ महिना) लागू हुनेछ ।  यो अफर सेग्वेको कुनै पनि मोडलको इलेक्ट्रीक स्कुटर खरिदमा पाइने छ ।


Back_to_top