रेनोको सिनिक इ-टेक ईभीमा ब्याट्री र हाइड्रोज दुवै प्रयोग

काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले सिनिक इ-टेकको परीक्षणका क्रममा खिचिएका तस्वीरहरू सार्वजनिक भएका छन् ।

रेनोले सन् २०२२ मा देखाएको इ-टेक स्टाइलको सिनिक भिजन कन्सेप्टमा बनेको यो इलेक्ट्रीक कारमा छुट्टै प्रविधिको रेन्ज एक्टेन्डर टेक्नलोजीको प्रयोग हुने भएको छ ।

यो ईभीमा १६० किलोवाट आवरको मोटर तथा ४० किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । गाडीको साइजको तुलनामा सानो ब्याट्री प्याक देखिए पनि यो एसयूभीमा रेन्ज बढाउनका लागि छुट्टै १६ किलोवाटको हाइड्रोजन फ्युलसेल यूनिट समेत रहेको छ । जसले गाडी भित्रैबाट मुख्य ब्याट्री रिचार्ज गर्नेछ । जसका कारण ४० किलोवाटको ब्याट्रीबाट पनि धेरै रेन्ज पाउन सकिन्छ ।

ठूलो साइजको क्रसओभर डिजाइनमा बनेको यो ईभीको लम्बाइ ४४९० एमएम, चौडाइ १९०० एमएम तथा १५९० एमएमको उचाइ रहेको छ । सन् २०२४ बाट प्रडक्सनमा आउने अनुमान गरिएको यो ईभी रेनो निसान अलायन्सले विकास गरेको सीएमएफ ईभी प्ल्याटफर्ममा तयार भएको हो ।


Back_to_top