काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी सिम्पल इनर्जीले ३०० किलोमिटर रेन्ज दिने स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले १ लाख ४५ हजार भारतीय रुपैयाँ एक्स शोरुम मूल्यमा ३०० किलोमिटर रेन्ज भएको इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।
बैंगलुरु वेस स्टार्टअप कम्पनी सिम्पल इनर्जीले सिम्पल वान इलेक्ट्रीक स्कुटरलाई अपग्रेड गरेर यसको पावर तथा पर्फमेन्समा सुधार गरेर ल्याएको हो । योसँगै यो स्कुटर ७२ एनएम टर्क जेनेरेट गर्ने सेग्मेन्टमा नै पहिलो स्कुटर बनेको छ ।
सिम्पल वानमा ८.५ किलोवाट पावर तथा ७२ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरमा दुई ब्याट्री अप्सनमा उपलब्ध रहेको छ । कम्पनीले यो स्कुटर इको मोडमा चलाउँदा सिंगल ब्याट्रीमा २३६ किलोमिटर रेन्ज दावी गरेको छ । सिंगल ब्याट्री अप्सनको मूल्य १ लाख ९ हजार रुपैयाँ एक्सशोरुम रहेको छ ।
यो स्कुटरमा रिमूभएवल ब्याट्री अप्सन दिइएको छ । यसको डबल ब्याट्री (६.४ किलोवाट) प्याकमा ३०० भन्दा धेरै रेन्ज दिने दावी गरेको छ । यसको मूल्य १ लाख ४५ हजार एक्सशोरुम मूल्य निर्धारण गरिएको छ ।
नयाँ सिम्पल वान स्कुटरले ०-४० को स्पीड मात्र २.८५ सेकेन्डमा पार गर्छ । यसको टप स्पीड १०५ किलोमिटर प्रतिघन्टा रहेको छ ।


