काठमाडौं । एसजे मोटो र हिमालयन जाभाले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः संचालनमा ल्याएका छन्।
सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको हो । यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छाना मुनि ल्याउनु हो।
यो आउटलेटमा गहकले विशेष वातावरण पाउनेछन्, जहाँ प्रिमियम कफीको स्वाद लिँदै एक आपसमा भेटघाट गर्न र मोटरसाइकल संस्कृतिको मज्जा लिन सक्नेछन्।
यसलाई एउटा सामान्य क्याफे मात्र नभएर उत्कृष्ट लाइफस्टाइल डेस्टिनेसनको रूपमा विकास गर्ने एसजे मोटो र हिमालयन जाभाको साझा दृष्टिकोण रहेको छ। नयाँ आउटलेटमा ग्राहकको सुविधा, आपसी भाइचारा र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ।
एसजे मोटोका संस्थापक सौरभ ज्योतिले बाइकर र कफी प्रेमीहरू बढ्दै जाँदा आउटलेटलाई पनि नयाँ ढैगले स्तरोन्नति गरिएको बताए ।
‘पोखरामा पहिलो संयुक्त आउटलेट खोलेदेखि नै हामीले बाइकर र कफी प्रेमीहरूको समुदाय बढ्दै गएको पाएका छौं। दुवै क्षेत्रप्रतिको यही लगावलाई अझ प्रोत्साहन गर्न र उत्कृष्ट अनुभव प्रदान गर्न हामीले काठमाडौंको यो आउटलेटलाई थप फराकिलो र आकर्षक बनाएका हौं,’ उनले भने ।
लामो राइडमा निस्किनुअघि रिफ्रेस हुन, राइडर साथीहरूसँग भेटघाट गर्न, उत्कृष्ट कफीको मज्जा लिन नयाँ आउटलेटले सबैलाई एक उत्कृष्ट र फरक अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।
यो आउटलेट अब सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छ।

