रोयल इनफिल्ड ‘लेडिज बाइक राइड’ सम्पन्न

काठमाडौं । रोयल इनफिल्ड ‘लेडिज बाइक राइड’ सम्पन्न भएको छ । कर्पोरेट समाचारले आफ्नो पहिलो वार्षिकोत्सव अवसरमा रोयल इनफिल्डसँग सहकार्य गरी उक्त राइड आयोजना गरेको हो ।

रोयल इनफिल्डको नक्शाल शोरुमबाट सुरु भएको राइड वसन्तपुर, पाटन दरबार, तीनकुने हुँदै यात्रा काठमाडौंको दक्षिण ढोकास्थित नर्लिङ रिसोर्टमा पुगेर समापन भएको थियो ।

राइडमा चर्चित नायिकाहरू स्वस्तिमा खड्का, प्रियना आचार्य ‘मुन्नी’सहित २५ भन्दा बढी महिलाहरू राइडर सहभागी थिए । राइडमा महिलाहरूको आत्मविश्वास, साहस र सशक्तीकरणलाई केन्द्रमा राखिएको थियो।

अल्फा अटोमोटिभ प्रालिका कार्यकारी निर्देशक मेघराज पौड्यालले कर्पोरेट समाचारसँगको सहकार्यमा रोयल इन्फिल्डले विभिन्न कार्यक्रमहरू गर्दै आएको उल्लेख गरे। उनले रोयल इनफिल्डले लेडिज राइडमार्फत पर्यटन प्रवद्र्धनदेखि अटोमोबाइल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए।


Back_to_top