काठमाडौं । इनफिनिक्सले नेपालमा आफ्नो नयाँ ट्याब्लेट एक्सप्याड २० प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
कम्पनीले ठूलो स्क्रिन, राम्रो प्रदर्शन र स्मार्ट फिचरको संयोजनसहित एक्सप्याड २० प्रो बिक्री सुरु गरेको हो ।
यो ट्याब्लेट पढाइ, अफिसको काम र मनोरञ्जन सबैका लागि उपयुक्त हुने गरी बनाइएको छ । एक्सप्याड २० प्रोमा १२ इन्चको २ के डिस्प्ले र ९० हर्ज रिफ्रेस रेट रहेको छ । जसले भिडियो हेर्दा, पढ्दा वा गेम खेल्दा स्क्रिन निकै स्मूथ र क्लियर देखिन्छ।
टीयूभी रेहेइनल्याण्ड आइ केयर सर्टिफिकेसन भएकाले लामो समय प्रयोग गर्दा पनि आँखालाई थकाइ हुँदैन। त्यसैले विद्यार्थी, अफिस जानेहरू र परिवार सबैका लागि उपयोगी छ।
यस ट्याब्लेटमा हेलिये जी १०० अल्टिमेट प्रोसेसर जडान गरिएको छ । जसले एकैचोटि धेरै काम गर्न, गेम खेल्न र दैनिक प्रयोगमा राम्रो परफर्मेन्स दिन्छ। इनबिल्ट पपफेरजी सपोर्ट भएकाले वाइफाइ नभए पनि जहाँसुकै इन्टरनेट चलाउन सकिन्छ।
एक्सप्याड २० प्रो मा इनफिनिक्स एआइ पनि दिइएको छ। यसले लेख्न सहयोग गर्ने, अनुवाद गर्ने, लामो सामग्री छोट्याएर देखाउने र स्क्रिनमा देखिएको कुरा चिन्ने जस्ता स्मार्ट कामहरू सजिलै गर्न मद्दत गर्छ।
मनोरञ्जनका लागि यस ट्याब्लेटमा ४ स्पिकर सिम्फनी सिस्टम जडान गरिएको छ । जसले चलचित्र, गेम र संगीतका लागि वास्तविक ३६० डिग्री साउण्ड अनुभव प्रदान गर्छ। साथै, ६.५८ एमएम अल्ट्रा-स्लिम मेटल यूनिबडी डिजाइनले प्रिमियम लुक र हातमा मजबुत अनुभूति दिन्छ।
इनफिनिक्स एक्सप्याड २० प्रो नेपालमा दुई भेरियन्टमा उपलब्ध छ छ । ४ जीबी र्याम प्लस १२८ जीबी स्टेरेजको मूल्य २६ हजार ९९९ र ८ जीबी र्याम प्लस २५६ जीबी स्टेरेजको ३१ हजार ९९९ रुपैयाँ छ ।
यो ट्याब्लेट देशभरका अधिकृत इनफिनिक्स स्टोरहरूमा पाइने छ।

