स्कोडाले कुशकभन्दा सानो एसयूभी ल्याउने

काठमाडौं । यूरोपियन ब्राण्ड स्कोडाले भारतमा कुशकभन्दा सानो एसयूभी उत्पादन गर्ने भएको छ । कम्पनीले सब–कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ मोडल ल्याउन लागेको हो ।

फक्सवागेन ग्रुपको लागि भारतीय बजारलाई नेतृत्व गरिरहेको स्कोडाले केह िवर्ष अगाडि नै २.० प्रोजेक्ट भारतमा सुरु गरेको थियो । त्यही प्रोजैक्टमा आधारित रहेर स्कोडाले कुशक र स्लाभिया तथा फक्सवागेन ब्राण्डमा टाइगुन र भर्टुस मोडल बिक्री गर्दै आएको छ ।

बढ्दो एसयूभीको बजारमा आफुलाई बलियोसँग उभ्याउन स्कोडाले सबैभन्दा भाइब्रेन्ट सेग्मेन्टमा नयाँ एसयूभी ल्याउन लागेको हो । यो सेग्मेन्टमा टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यू लिडर रहेका छन् ।

भारतमा सर्वाधिक चलेको चार मिटरभन्दा केही मिलिमिटर मात्रै छोटा एसयूभी हुन् । यसका किया सोनेट, महिन्द्रा एक्सयूभी ३००, निसान म्याग्नाइट र रेनो काइगर पनि राम्रो संख्यामा बिक्री हुँदै आएको छ । नेपालमा पनि यी सबै एसयूभी उपलब्ध छन् ।

स्कोडाले भारतमा उत्पादन गर्ने नयाँ कम्प्याक्ट एसयूभी विश्व बजारमा पनि बिक्री गर्ने जनाएको छ । भारतमा उत्पादन भएको सबै मोडल नेपाल ल्याएको स्कोडाले नयाँ एसयूभी पनि नेपाल ल्याउने मोडल पर्नेछ ।

कम्पनीले नयाँ सब फोर मिटर एसयूभीलाई आगामी वर्षको मध्यतिर बजारमा देखाउने र सन् २०२५ को सुरुवातबाट मात्रै बिक्री सुरु गर्ने तयारी गरेको छ ।

स्कोडाले नयाँ एसयूभीमा पनि अहिले कुशकमा नै भएको १.० लिटर थ्री सिलिण्डर टर्बो पेट्रोल इन्जिन दिने छ । उक्त इन्जिनले अधिकतम ११० पीएस पावर तथा १७५ एनएम टर्क जनेरेट गर्नेछ ।


Back_to_top