काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले तिब्र गतिमा सवारी चलाउने चालकलाई लगाउँदै आएको जरिवाना दोब्बर बनाएको छ ।
महाशाखाले साउन १ गतेदेखि लागु हुनेगरी तीव्र गतिमा सवारीसाधन कुदाउने चालकलाई लगाइने जरिवाना दोब्बर बनाएको हो ।
याे पनि पढ्नुस् ः यी कुरामा ध्यान नदिए बीच बाटोमा बाइकले दिनसक्छ दुःख
यसअघि ५ सय रुपैयाँ जरिवाना लाग्दै आएकोमा अब भने १ हजाररुपैयाँ तिर्नुपर्ने छ । यसका अलावा ट्राफिकले सवारी चालकसँग आवश्यक कागजपत्र नभए, निषेधित क्षेत्रमा हर्न बजाए र लेन अनुशासन पालना नगरे ५ सय रुपैयाँ जरिवाना लिँदै आएको छ । यसमा भने कुनै परिर्वतन गरिएको छैन ।
याे पनि पढ्नुस् ः विद्यार्थीले बनाए फुल चार्जमा ४ सय किमि कुद्ने इलेक्ट्रिक बाइक
यसरी जरिवाना शुल्कमा वृद्धि गर्दा समस्याको पुर्ण रुपमा समाधान नभएतापनि पछिल्लो समयमा निकै तिब्र सवारीसाधन गुडाउने गरिएकाले दुर्घटना बढेको भन्दै यसमा केही कमी आउने महाशाखाले अपेक्षा गरेको छ ।

