सिराहामा खुल्यो बजाजको नयाँ शोरुम

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले पूर्ण सुविधासहितको नयाँ शोरुम स्नेहा आटो जोन, सिराहाको ट्राफिक चोकमा संचालनमा ल्याएको छ ।

एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्ल्लेख छ ।

नयाँशोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउनेछ । ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई सिराहामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको कम्पनीले जनाएको छ । 

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।


Back_to_top