काठमाडौं । यूरोपियन तथा अमेरिकन मार्केट पश्चात् भिमोटो सोको ग्रुपले आफ्नो उत्पादन अन्य बजारमा पठाउदै आएको छ । कम्पनीले नेपाली बजारमा पनि आफ्ना उत्पादन विक्री गर्दै आएको छ । कम्पनी ई–मोविलिटीमा प्रमुख ब्रान्ड बन्ने दौडमा लागेको हो ।
कम्पनीले इक्मा अटो शोमा धेरै इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल प्रदर्नशनी गरेको थियो । त्यस मध्ये सुपर सोको टीएस स्ट्रीट हन्टर र सुपर सोको टीसी म्याक्स अहिले चर्चामा रहेका छन् । सुपर सोको टीएस स्ट्रीट हन्टर नेकेड स्पोर्टस डिजाइनमा रहेको छ भने, टीसी म्याक्स रेट्रो डिजाइनमा रहेको छ ।
सुपर सोकोको टीएस सिरिजमा टीएस र टीएस म्याक्स रहेको छ । कम्पनीले प्रदर्शन गरेको टीएस म्याक्स टीएस सिरिजकै डिजाइनसँग मिल्दो जुल्दो रहेको छ । यसमा नयाँ डिजाइनको एलइडी हेडल्याम्प, टर्न इन्डिकेटर, वाइड ह्यान्डलवार, फ्युल ट्याङक, साइड फेयेरिङ, सिगंल पिस सिट र ट्रेन्डी टेलल्याम्प जस्ता फिचर प्रयोग भएको छ ।
त्यस्तै सुपर सोको टीसी स्ट्रीट हन्टरमा २५०० वाटको हाइ पर्फमेन्स ह्वील हव मोटर रहेको छ । यसले १८० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै यसले एक पटकको फुल चार्जमा २०० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ ।

यसको टप स्पीडका ७५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा रहेको ६० भोल्ट ३२ एम्पियर लिथिएम आयोन ब्याट्री एक पटक फुलचार्ज हुन ३ घन्टा ३० मिनेट मात्र लाग्ने कम्पनीको दावी रहेको छ ।
डबल ब्याट्री अप्सन रहने यो मोटरसाइकलमा कनेक्टिभिटी, रिमोट एशेस, कि लेस स्टार्ट, एन्टि थेफ्ट अर्लाम, फुल डिजिटल कन्सोल जस्ता फिचर पाउन सकिन्छ ।

