सुजुकी एस-प्रेसोमा विशेष अफरः २५% डाउन पेमेन्टगर्दा यस्तो छ मासिक किस्ता

काठमाडौं । मारुती सुजुकीले लकडाउनपछि गाडी किन्ने ग्राहकलाई ध्यानमा राख्दै विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको अफर अनुसार माइक्रो एसयूभी एस-प्रेसो किन्ने ग्राहकले १ लाख नगद छुट, २५ प्रतिशत डाउन पेमेन्ट जस्ता अफरहरु पाउने छन् ।

एस-प्रेसो किन्ने ग्राहकले मूल्य २३ लाख ४९ हजारको २५ प्रतिशत डाउन पेमेन्ट वापत ५ लाख ८७ हजार २५० रुपैयाँ जम्मा गर्नु पर्ने हुन्छ । त्यसपछि बाँकी रकमलाई ८ वर्षको लागि कर्जा सुविधा पाउने छन् भने ग्राहकले ११ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ । एस-प्रेसो स्टायडर्ड मोडलको पहिलो वर्ष मासिक किस्ता १६ हजार ८६९ रुपैयाँ तोकिएको छ । दोस्रो वर्षबाट भने ग्राहकले मासिक ३० हजार ६२१ रुपैयाँको दरले ७ वर्षसम्म तिर्नु पर्ने हुन्छ ।

यसमा कम्पनीले बीमा सुविधा भने दिएको छैन । अन्य एक्स्चेन्ज बोनस, एक वर्षको सडक दस्तुर, वारेन्टि र सर्भिस भने सुविधा पाउने छन् । सिजी मोटोकर्पले विभिन्न ४ भेरियन्टमा एस-प्रेसो बिक्री गर्दै आएको छ ।

सबै भेरियन्टको मूल्य

विभिन्न ४ भेरियन्टमा नेपालमा बिक्री भइरहेको एस-प्रेसोको स्टायडर्ड मोडलको सुरुवाति मूल्य २३ लाख ४९ हजार रुपैयाँ रहेको छ । पावर बिन्डो सहितको एलएक्सआई मोडलको मूल्य २४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी भिएक्सआई मोडलको मूल्य २५ लाख ४९ हजार र भिएक्सआई प्लसको मूल्य २५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यस्तो छ एस-प्रेसो

सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस-प्रेसोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ८२ बीएच पावर र ११४ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड म्यानुयल गियरबक्स रहेको छ ।

एस-प्रेसोको लम्बाई ३५६५ एमएम, चौडाई ३६७९ एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेस २४२२ एमएम रहेको छ । २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको यस मोडलमा १४ इन्चको अलोय ह्वील लगाइएको छ । यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

एस-प्रेसोमा एयर कन्डिशनरको सुविधासँगै पावर स्टेयरिङ्ग, फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडी कलर बम्पर जस्ता विशेषता दिइएको छ । यसमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विविध विशेषता दिइएको छ ।

कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को-ड्राइभर सिटबेल्ट रिमाइन्डरको विशेषता प्रदान गरिएको छ ।


Back_to_top