सुजुकीको सर्भिसिङ्गमा छुटै-छुट

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरका आगि आधिकारिक बिक्रेता भिजी सुजुकीले मनसुन सर्भिस क्याम्प सुरु गरेको छ । कम्पनीले असार २५ देखि २८ गतेसम्मका लागि सुजुकीको मोटरसाइकल तथा स्कुटरमा मनसुन सर्भिस क्याम्प अफर संचालनमा ल्याएको हो ।

आजबाट ४ दिनसम्म चल्ने क्याम्पमा ग्राहकले आफ्नो साधनको सर्भिसिङ्ग गर्दा ५० प्रतिशत लेबर चार्ज छुट, २० प्रतिशत इन्जिन आयलमा छुट र स्पेयर पार्टस्मा १२ प्रतिशतसम्मको छुट पाउने छन् ।

त्यस्तै, सर्भिसिङ्गमा आएका मोटरसाइकल तथा स्कुटरको फ्युल एफआई स्क्यानिङ, ब्याट्री चार्जिङ कन्डिसन चेकअप पनि निःशुल्क हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस बाहेक पनि जनरल चेकअप अन्तर्गत इन्जिन आयल, चेन, ब्रेक, एयर फिल्टर, स्पार्क प्लग र इन्जिन ट्युनअपको पनि निःशुल्क चेकअप गरिने कम्पनीले जनाएको छ ।

यो अफर पाउनका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरका ग्राहकले सुजुकीको आधिकारिक सर्भिस सेन्टरमा जानु पर्ने हुन्छ ।


Back_to_top