काठमाडौं । नेपालमा ‘म्याक्सी’ स्पोर्टी टुरर डिजाइनका स्कुटर खासै उपलब्ध पनि छैनन् । यसमा ग्राहकले खासै चासो दिएको पनि पाइदैन । एशियाली बजार म्याक्सी स्पोर्टस डिजाइन स्कुटरको राम्रो बजार भएतापनि नेपालमा भने यस्ता स्कुटर रुचाइएको पाइदैन ।
बिशेषगरी म्याक्सी डिजाइनका स्कुटरहरु लामो यात्राका लागि प्रयोग गर्ने गरिन्छ । यस्ता स्कुटर सुरक्षाका हिसाबले समेत अब्बल मानिन्छन् ।
नेपालमा अप्रिलाय तथा यामाहाले म्याक्सी डिजाइन स्कुटर विक्री गर्र्दै आएका छन् । दुबै कम्पनीले १६० सीसी सेग्मेन्टमा पावर र फिचरले भरिपुर्ण स्कुटर उपलब्ध गराएका हुन् ।
यामाहाले हालैमात्र विक्री सुरु गरेको एरोक्स १५५ र अप्रिलियाले विक्री गर्दै आएको एसएक्सआर १६० बीच तुलनात्मक भिन्नतालाई यसरी हेर्न सकिन्छ ।
इन्जिन
अप्रिलिया एसएक्सआर १६० मा सिगंल सिलिन्डर एफआई बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ११ पीएस पावर र ११.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा सीटीभी गियरबक्स जडान गरिएको छ ।
त्यस्तै, यामाहा एरोक्समा १५५ मा लिक्वीड कुल्ड, ४ स्ट्रोक एफआई ‘भिभिए’ इन्जिन रहेको छ । यो इन्जिनले १५ पीएस पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा भी वेल्ट अटोमेटीक गियरबक्स जडान गरिएको छ ।
सस्पेन्सन/ह्वील
अप्रिलया एसएक्सआर १६० को फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा मोनोशक सस्पेन्सन उपलब्ध रहको छ । यसमा १२ इन्चको अलोय ह्वील दिइएको छ भने, दुबैतर्फ डिस्क ब्रेक रहेको छ । यसमा सिंगल च्यानल एबीएस सुविधा समेत उपलब्ध हुनेछ ।
यामाहा एरोक्सको अगाडि टेलिस्कोपिक सक अब्जर्बर र पछाडि डुअल स्प्रिङ सस्पेन्सन पाउन सकिन्छ । यसमा १४ इन्चको ह्वील र एबिएससहितको ब्रेकिङ उपलब्ध छ ।
इन्धन/माइलेज
यामाहा एरोक्समा ५.५ लिटरको इन्धन क्षमता छ । यसले ४८ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।
त्यसैगरी, अप्रिलिया एसएक्सआर १६० मा ७ लिटर क्षमताको इन्धन ट्याङ्क पाउन सकिन्छ । यसले ३० किलोमिटर दिने कम्पनीको दावी रहेको छ ।

फिचर
अप्रिलिया एसक्सआर १६० मा फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिटी, यूएसबी चार्जिङ पोर्ट एलइडी हेडल्याम्प, एलइडी डिआरएल, एलइडी टेलल्याम्प जस्ता फिचर रहेको छ ।
त्यस्तै एरोक्समा फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिटी, यूएसबी चार्जिङ पोर्ट एलइडी हेडल्याम्प, एलइडी डिआरएल, एलइडी टेलल्याम्प, साइड स्ट्याण्ड सेन्सर, ट्रायक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।
मूल्य
अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी डेल्टा अटोकर्पले ४ लाख लाख ६५ हजार ४०० रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

