काठमाडौं । नुवाकोटको देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिज निर्माण सम्पन्न भएको हो । भदौ १० गते भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि उक्त स्थानमा नेपाली सेनाले अस्थायी रूपमा एक्रो ब्रिज निर्माण गरेका हो ।
प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले तादी पुल निर्माण सम्पन्न भएको जानकारी दिएकी छिन् । उनका अनुसार उक्त पुलमा आजदेखि पैदलयात्री र भोलिदेखि सवारी साधनका लागि आवतजावत खुला गरिने छ ।
आइतबारदेखि तादीमा पुल जडान सुरू गरेको सेनाले ५ दिनमै काम सम्पन्न गरेको हो । पुल निर्माणका लागि सेनामा ५५ जनाको प्राविधिक टोलि खटिएको थियो ।
उक्त पुलको लम्बाइ ६० मिटर रहेको छ । ५.५ मिटर चौडाइको यो पुलको भारवहन क्षमता ५० टन रहेको छ ।
तादीमा नयाँ पुल बनेसँगै दुई सातादेखि टुटेको गल्छी बिदुर सडक सम्पर्क जोडिने । यसले स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ ।


