हेक्जाको नयाँ भेरियन्ट ‘एक्सएम प्लस’ सार्वजनिक, यी हुन् नयाँ फिचर

दिपावलीलाई केन्द्रमा राखेर टाटा मोटर्सले हेक्जाको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले टाटा हेक्जाको नयाँ भर्सन ‘एक्सएम प्लस’ सार्वजनिक गरेको हो ।

कम्पनीले यसलाई हेक्जा टप भेरिन्टन एक्सटीभन्दा तल्लो भेरियन्टमा बजारमा ल्याएको ‘एक्सएम प्लस’को मूल्य १५ लाख २७ हजार भारतीय रुपैयाँ तोकेको छ । 

कम्पनीले बिभिन्न नयाँ फिचरका साथै बजारमा ल्याएको फ्ल्यागशिप एसयूभीमा नयाँ १६ इन्चको अलोय ह्वील दिइएको छ । फ्रन्ट फग ल्याम्पका साथै रिवर्स पार्किङ सेन्सर क्यामेरा, इलेक्ट्रिक विग मिररजस्ता थप फिचरसहित आएको छ । ड्यासबोर्डमा सफ्ट टच लेदर स्टेयरिङ ह्वील तथा अटोमेटिक क्लाईमेट कन्ट्रोल एसी दिइएको छ । यसका साथै कम्पनीले थुप्रै नयाँ फिचर्सहरु परिमार्जन गरेको छ । 

एक्सएम प्लसमा क्रुज कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, रेन सेगिङ वाइपर्स तथा सनरुफ दिएको छ । कम्पनीले यसको इन्जिनमा भने कुनै परिवर्तन गरेको छैन । 

हेक्सामा २.२ लिटर इन्जिन रहेको छ जसले १५४ बीएचपी पावर तथा ४०० एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको अटोमेटिक तथा ६ स्पीडको मेनुअल गियर बक्स दिएको छ ।


Back_to_top