टाटा नेक्सन ईभीमा थपिँदै लेभल २ एडास

काठमाडौं । टाटा मोटर्सले आफ्नो सफल इलेक्ट्रीक एसयूभी नेक्सनमा सुरक्षा फिचर अपडेट गर्ने भएको छ । कम्पनीले टाटा नेक्सन ईभीमा अब लेभल २ एडास (एड्भान्स ड्राइभर असिस्ट सिस्टम) फिचर थप्ने भएको हो ।

एडास सिस्टम थप भएसँग नेक्सन ईभी अब आफ्नो सेग्मेन्टमा धेरै र एड्भान्स फिचर भएको ईभी हुने भएको हो । कम्पनीले नयाँ फिचर थप गरे पनि ठूलो मूल्य वृद्धि भने नहुने संकेत गरेको छ ।

टाटाले नेक्सन ईभीमा जेबीएलको प्रिमियम साउण्ड सिस्टम, ३६० डिग्रीको सराउण्ड भ्यू क्यामरा, व्लाइण्ड स्पट मनिटरिङ, भोइस असिस्ट प्यानारोमिक सनरुफ, भेन्टिलेटेड लेदरेट सिट जस्ता फिचर रहेको छ । नेक्सन ईभीमा भीटूभी र भीटूएल चार्जिङ, आर्केड ईभी एस स्वीट, १२.२५ इन्चको सिनेम्याटिक टचस्क्रीन, वायरलेस एनरोइड अटो र एप्पल कारप्ले लगायत फिचर रहेको छ ।

नेक्सन ईभीमा पछिल्लो समय ४५ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यो ईभीले एकपटकको फुलचार्जमा ३५० किलोमिटरसम्म रियल वर्ल्ड रेन्ज दिने कम्पनीको दाबी छ ।

नेपाली बजारमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले अपडेटेड नेक्सन केथ्री ईभीको नाममा बिक्री गरिरहेको छ । यसको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ छ ।


Back_to_top