नेक्सनको दुई भेरियन्टमा थपिए फिचर, इलेक्ट्रीक सनरुफले थप्यो आकर्षण

काठमाडौं । टाटाले आफ्नो सर्वाधिक सफल सब कम्प्याक्ट एसयूभी नेक्सनमा सनरुफको विशेषता प्रदान गरेको छ । नेक्सन एक्सजेड प्लस (एस) र एक्सजेडए प्लस (एस)मा सनरुफको विशेषता दिइएको हो ।

सनरुफको विशेषता थप भएका यी दुबै भेरियन्टको मूल्य क्रमश १० लाख १० हजार र १० लाख ७० हजार भारु तोकिएको छ । कम्पनीले यसमा इलेक्ट्रीक सनरुफ दिएको हो ।

नेक्सन एक्सजेड प्लस (एस) र एक्सजेडए प्लस (एस) मा सनरुफको अलावा अन्य फिचरपनि थप गरिएको छ । यसमा अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर, लेदरले ढाकिएको स्टेरिङ ह्वील र गियर नव, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल जस्ता फिचर थप गरिएको छ ।

यी दुबै भेरियन्टमा कम्पनीले डिजेल र पेट्रोल इन्जिनको अप्सन उपलब्ध गराएका छन् । नेक्सनमा १.२ लिटर रिभोर्टन टर्बो पेट्रोल र १.५ लिटर रिभोर्टक टर्बो डिजेल इन्जिन दिइएको छ । दुबै इन्जिनमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।

नेपाली बजारमा सिप्रदी ट्रेडिङले बिक्री वितरण गर्दै आएको नेक्सन निकै सफल मोडलको रुपमा रहेको छ । यसले नेपाली बजारमा फोर्ड इकोस्पोर्ट, महिन्द्रा एक्सयूभी ३००, मारुती सुजुकी भिटारा ब्रेजा र हुन्डाई भेन्यूसँग प्रतिस्पर्धा गरिरहेको छ ।


Back_to_top