पन्च ईभीको सुरुवाती मूल्य ११ लाख, मोटर पवार दुई अप्सनमा

काठमाडौं । टाटाको नयाँ प्ल्याटफर्ममा बनेको पन्च ईभी लन्च भएको छ । कम्पनीले भारतीय बजारमा १०.९९ लाखदेखि १४.४९ लाख भारु मूल्य राखेर आजदेखि पन्च ईभीको बिक्री सुरू गरेको हो ।

आज लन्च भएको पन्चमा अत्याधुनिक फिचर रहेको छ । कम्पनीले यसअघि बिक्री गर्दै आएको पेट्रोल पन्चको तुलना यसमा आकर्षक फिचर दिएको कारण चर्चा धेरै भएको हो ।

पन्चको स्ट्याण्डर्ड भेरियन्टमा २५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ भने लङ रेन्ज भेरियन्टमा ३५ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । कम्पनीले स्ट्याण्डर्ड रेन्जले ३१५ किलोमिटर र लड रेन्जले ४२१ किलोमिटर रेन्ज दिने दाबी गरेको छ ।

पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर दिइएको छ । यसले ८२ हर्स पावर र ११४ न्यूटन मिटर टर्क जेनेरेट गर्दछ । त्यस्तै, लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । यसले  १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्दछ ।

स्मार्ट, स्मार्ट प्लस, एड्भेन्चर, इम्पावर्ड, इम्पावर्ड प्लस गरी पाँच भेरियन्टमा लन्च भएको पन्च ईभी ६ फरक कलर अप्सनमा उपलब्ध रहेको छ ।
पन्च ईभीमा १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्लोज फ्रन्ट ग्रिल, १०.२४ इन्चकै टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा दिइएको छ । यी फिचर पन्च पेट्रोलमा पाइँदैन ।

त्यसैगरी, पन्च ईभीलाई प्रिमियम बनाउन कम्पनीले लेदररेटेड भेन्टीलेटेड सिट, ६ वटा एयरब्याग, कनेक्टेड डे टाइम रनिङ लाइट, ब्लाइन्ड स्पट भ्यू मिरर, एयर प्यूरिफायर जस्ता फिचर दिएको छ ।


Back_to_top