एथरको पहिलो कम्यूनिटी राइड सम्पन्न

काठमाडौं । एथर इलेट्रीक स्कुटरको पहिलो कम्यूनिटी राइड सम्पन्न भएको छ । एथरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्यज् इनर्जीले गत शनिबार राइड सम्पन्न गरेको हो ।

उक्त राइडमा एथरका ग्राहकसहित कम्पनीका प्रतिनिधि तथा पत्रकारहरु गरी २० जनाभन्दा धेरैको सहभागीता थियो ।

काठमाडौंको तीनकुनेस्थित एथरको सर्भिस सेन्टरबाट सुरू भएको राइड भक्तपुर दरवार स्क्वायर हुँदै धुलिखेल पुगेर विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको थियो ।

हरेका खेलका विजेताहरूलाई पुरस्कार वितरण गर्दै कम्पनीका निर्देशक सूर्यांश वैद्यले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

उनले यस्तो खालको राइडले ग्राहकका समस्याहरू कम्पनीसम्म आइपुग्नुका साथै ग्राहक र कम्पनी बीचको सम्बन्ध सुमधुर हुने बताए । ‘हामीले स्कुटर बेच्ने मात्र नभएर बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम आयोजना गरेका हौं, आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने छौं,’ उनले भने ।

कम्पनीले शनिबार देखिनै काठमाडौंको तीनकुनेमा एथरको पहिलो सर्भिस सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले अबको केही दिनमा नै झम्सीखेलमा नयाँ शोरुम संचालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ ।


Back_to_top