जेके टायरको नयाँ ‘माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन’ सितापाइलामा

काठमाडौं । ‘जेके अफ द रोड’ टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले सितापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको शोरुम शुभारम्भ गरेको छ ।

जेके ओटीआर इन्डियाका बिजनेस हेड देबासिस खुन्तियाले बुधबार एक कार्यक्रम बीच शोरुमको उद्घाटन गरेका थिए । ‘माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन’ को नामबाट संचालित शोरुममा जेके टायरका सबै किसिमका हेभी इक्वीपमेन्ट, कन्स्ट्रक्सन तथा इण्डस्ट्रिमा प्रयोग हुने टायरहरु उपलब्ध हुनेछ ।

हेभी इक्वीपमेन्ट तथा मेसिनमा प्रयोग अनुसारको टायर परामर्श, क्लेम सेटलमेन्ट तथा आफ्टर सेल्स सर्भिस उपलब्ध हुने जेके ओटीआरका जोनल हेड शुभम प्रसादले जानकारी दिए ।

नेपाल तथा दक्षिण एसियाकै जेकेको पहिलो एक्सक्लुसिभ ओटीआर शोरुम भएको र यसले सबै मेसिन तथा इक्विपमेन्ट टायरको बढ्दो माग पुरा गर्ने जानकारी डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका डाइरेक्टर विक्रम सिंघानियाले जानकारी दिए ।

अत्याधुनिक मेसिनरीका साथ सबैभन्दा स्वचालित प्रक्रिया र उन्नत प्रविधिले सुसज्जित गरी उत्पादन गरिएका जेके टायर लोकप्रिय मानिन्छन् । कम्पनीले सानो १४ किलोग्रामको फोर्कलिफ्ट टायरदेखि भारतको सबैभन्दा ठूलो ४०.००–५७ साइज, करिव ३ हजार ४ सय किलोग्राम तौल र १२ फिट व्यास भएको टायर समेत उत्पादन गर्दै आएको छ ।

हाल यसका भारतमा ९ र मेक्सिकोमा ३ गरी १२ प्लान्ट छन् । जसमार्फत वार्षिक रुपमा ३ करोड ५० लाख युनिटभन्दा बढी टायर उत्पादन हुन्छन् । विश्वका १०५ देशमा १८० भन्दा बढी ग्लोबल डिष्ट्रिब्युटरमार्फत जेके टायर बिक्री–वितरण हुँदै आएको छ ।


Back_to_top