टियागो ईभी टेष्ट ड्राइभ गर्न वा किन्न चाहनेले अनलाईनबाट नाम दर्ता गर्न सक्ने

काठमाडौं । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो बहु प्रतिक्षित टियागो ईभी नेपाल आउने भन्दै विज्ञापन सुरु गरेको छ । कम्पनीले आजबाट टियागो ईभीको विज्ञापन सुरु गरेको हो ।

टाटा टियागो ईभी सम्बन्धी थप जानकारी लिन यहाँ भित्र गएर फारम भर्नुहोला ।

सिप्रदीले कम मूल्यमा पारिवारीक ईभी किन्ने योजना बनाएर बसेका धेरै मानिसको आवस्यकता पुरा गर्नेगरी टियागो ईभी नेपाल ल्याउन लागेको हो । कम्पनीले आधिकारीक मूल्य सार्वजनिक नगरेपनि यसको मूल्य २२ लाखदेखि ३० लाख भित्रै रहने अनुमान गरिएको छ । यसको विस्तृत विवरण नाडा अटो शो २०२३ मा सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।

डिसी चार्जर सपोर्ट गर्ने टियागो ईभीमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । उक्त ईभीलाई सामान्य घरायसी बिजुलीमा सानो चार्जरको प्रयोग गर्दा फुल चार्ज हुन ८ घन्टा लाग्ने छ । त्यहि डिसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दावी छ ।

टाटा टियागो ५० किलोवाट क्षमताको मोटरमा नेपाल आउने छ । नेपाल सरकारले ५० किलोवाटसम्मका गाडीलाई १० प्रतिशत मात्रै भन्सार लगाएको छ । यसको अधिकतम पावर ६९ पीएस र टर्क १७० न्यूटन मिटर रहने छ ।

एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको टियागो फिचर लोडेड हुनेछ ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।


Back_to_top