प्रविधिकको विकास र बिस्तारसंगै अटोमोबाइल्स क्षेत्रमा आमुल परिवर्तन देखापरेको छ । विश्वका विभिन्न अटो उत्पादक कम्पनीबीच आधुनिक मोडल निर्माणमा प्रतिस्पर्धा नै चलेको छ ।
यसैबिच, २०१८ मा पनि अटोक्षेत्रमा नयाँ आयाम थपिएका छन् । प्राविधीक रुपमा अब्बल बनेको अटो क्षत्रेमा यो वर्ष उत्पादन भएका केही अत्याधुनिक प्रोडक्ट यस्ता छन् ।
कारमा बसेर घरको काम
अटोमोबाइल्स कम्पनीद्धारा उत्पादीत कारमा आकर्षक इन्फोटेनमेन्ट सिस्टममार्फत भ्वाइस कन्ट्रोल गर्ने नयाँ प्रविधि राख्न थालिएको छ । इन्फोटेनमेन्ट प्रणालीमा एप्पल कार प्लेको साथै एन्ड्रोयल अटो कनेक्टिभिटीको फिचर्स दिइएको हुन्छ । हाल, अमेजन कम्पनीले यस्तै आधुनिक प्रधिवि प्रयोगमा ल्याएको छ ।
अमेजन एलेक्जा पछिल्लो समय प्रचलनमा आएको भ्याइस कन्ट्रोल प्रणाली हो । फोर्ड, बीएमडब्ल्यू , फक्सस्वागेन जस्ता कम्पनीले उत्पादन गर्दै आएको कारमा यो विशेषता दिइएको छ ।
यो फिचर मार्फत इन्फोटेनमेन्ट सिस्टमलाई आवाजबाट कन्ट्रोलगरि गीतसुन्न तथा नेभिगेसन डेस्टिनेशनको प्रयोग मात्रै गर्न सकिन्छ । त्यतिमात्रै नभई, घरको स्मार्ट भ्वाइस डिभाइसलाई नियन्त्रणसमेत गर्न सकिनेछ ।
ब्रेन टु भेहिकल प्रविधि
जापानको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी निशानले हालैमात्रै ब्रेन टु भेहिकल प्रविधिको विकास गरेको छ । यो प्रविधिले कार चालकको दिमागलाई अध्ययन गर्छ भने, सोही अनुसार कार संचालनमा आउँछ ।
यसमा ह्यान्डब्यान्ड डिभाइसको प्रयोग गर्ने गरिन्छ । यसले, चालकको दिमागबाट लिएको सुचनाको आधारमा कार चलाउने गर्छ । ड्राइभरको सिटमा सस्पेन्सन, ड्राइभिङ्ग मोडललगायतका कुरा सेट गरिएको हुन्छ ।
दुर्घटनापूर्व नै सुचना दिने कार
अमेरिकी कम्पनी फोर्डले टेलिकम चीप मेकर क्लाकम कम्पनीसँगको सहकार्यमा ‘भेहिकल टु एभरीथिङ्ग तथा सि–टु–भिएक्स प्रविधिमा काम गर्ने घोषणा गरेको छ । यो प्रविधीले अन्य कारबाट ट्राफिक लाइट, रोड साइनलगायतका विषयमा कुनै समस्या आए नआएको डाटा संकलन गर्छ । साथै, आकस्मिक दुर्घटनाको संभावना भए तत्काल सुचना प्रदान गर्छ र स्वतः कार रोकिन्छ ।
कारसँग कुरा
मर्सिडिज बेन्जले नयाँ प्रविधि ‘एमबियुएक्स इन्टरफेस’को शोकेस गर्याे । यो प्रविधि ए क्लास कम्प्याक कारमा आउने कम्पनीले जनाएको छ । कारको सेन्टर कन्सोलमा हाईरेजोलुशन स्क्रिन लगाइएको छ । जसमार्फत कुराकानी गर्न सकिन्छ । कारमा दिइएको स्क्रिन, प्याड तथा स्टेयरिंग ह्वील्समा दिइएको बटन दबाएर मर्सिडिज कारसंग कुरा गर्न सकिने छ ।
अनुहारको पहिचानबाट लक अनलक
फक्सस्वागेन मोटर्सले हालैमात्रै फ्युचर माइक्रोबस निर्माण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स बस निर्माणको लागि एनडिभिया सफ्टवेयर तथा हार्डवेयरेको प्रयोग गरेको छ । जसले मानिसको अनुहार पहिचान गरेर डोर लक अनलक गर्ने गर्छ । यसले, आँखालाई स्क्यान गर्ने गर्छ भने, मानिसको सर्तकतालाई अध्ययन गर्ने मात्रै नभई ड्राइभिङ्ग स्किललाई बढाउछ ।

